‘लोकप्रिय’ बजेटसँग तर्सनु पर्दैन : डा महत
भक्तपुर– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सरकारले ल्याउन लागेको लोकप्रिय भनेर चर्चा गरिएको बजेटदेखि काँग्रेसले तर्सनु नपर्ने बताएका छन् । काँग्रेस मध्यपुर थिमिनगर समितिले आज आयोजना गरेको नगरस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले सरकारको लोकप्रिय भनिएको बजेटदेखि तर्सनु पर्दैन, यो बजेट आउँछ तर कार्यान्वयन हुँदैन भने । काँग्रेस सत्तामा जाने अवसरको प्रतीक्षामा रहेको बताउँदै नेता डा महतले भने˗“काँग्रेस सधैँ प्रतिपक्ष बस्छ भन्ने छैन, गणपूरक सङ्ख्या पुगेको दिन सत्तामा जान्छ, त्यसको प्रयास भइरहेको छ ।’’
कार्यक्रममा काँग्रेसका अर्का केन्द्रीय सदस्य मीन विश्वकर्माले संविधान कार्यान्वयनमा चुनौती रहेकाले यसतर्फ सबै केन्द्रित हुनुपर्नेमा जोड दिए । त्यस काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर र महेश श्रेष्ठ, महासमिति सदस्य मदनकृष्ण श्रेष्ठ, काँग्रेस क्षेत्र नं १ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमली लगायतले काँग्रेसलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीलाई पार्टीका केन्द्रीय सदस्य विश्वकर्मा र उत्तरकमार चापागाईँले प्रशिक्षण दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण