बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

घुस लिँदै गरेको अवस्थामा प्रअ पक्राउ

शनिबार, १५ जेठ २०७३, १४ : ५४
शनिबार, १५ जेठ २०७३

विराटनगर–अख्तियार दुरपयोग अनुसन्धान आयोग, पूर्व क्षेत्रीय सम्पर्क कार्यालय इटहरीको टोलीले आज एक प्रधानाध्यापकलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेका छन् । विराटनगर– ११, देवकोटाचोकस्थित रुपेश होटेलबाट मोरङको अमाही बरियाती–४ स्थित जनता उमाविका प्रधानाध्यापक रुद्रानन्द चौधरीलाई रु ६५ हजार सहित पक्राउ गरिएको आयोगका क्षेत्रीय प्रमुख रवीन्द्रप्रसाद शर्माले जानकारी दिए । एक प्रशिक्षार्थीलाई शिक्षक पदमा नियुक्ति गरिदिने भनेर उनले उक्त रकम लिँदै गरेको बताइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप