बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पासाङल्हामु सडक खुला, चिलिमे जलविद्युत् केन्द्र बन्द

शनिबार, १५ जेठ २०७३, १५ : ०१
शनिबार, १५ जेठ २०७३

धुन्चे (रसुवा) – वर्षाका बन्द भएको पासाङह्लामु राजमार्ग खुला भएको छ । ट्राफिक प्रहरीका अनुसार सडक खुलेपछि केरुङबाट आउने र जाने सयौँ कन्टेनर आवतजावत हुन थालेका छन् । आज बिहान परेको वर्षासँगै आएको बाढीले सडक अवरुद्ध गराएपछि डिभिजन सडक कार्यालयको डोजर परिचालन गरी पहिरो पन्छाइएको बताइएको छ ।

यस्तै मूलखर्कको पहिरो व्यवस्थापन गर्न तारजाली भर्ने कार्य अगाडि बढिरहेको डिभिजन सडक कार्यालयले बताएको छ । यसैबीच चिलिमे जलविद्युत्बाट उत्पादित २२ मेगावाट क्षमताको विद्युत् केन्द्र बन्द भएको छ । आज बिहान ११ बजे धुन्चे नजिकैको राष्ट्रिय प्रसारण लाइनको खम्बामा खराबी आएपछि विद्युत् केन्द्र बन्द भएको र मर्मत गरी पुनःसञ्चालन गर्न प्रयास भइरहेको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप