गणतन्त्रका विरुद्ध चलखेल भइरहेको छः सिंह
काठमाडौँ– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गणतन्त्रका विरुद्ध चलखेल भइरहेको बताएका छन् । गणतन्त्र दिवसका अवसर पारेर आज कामद कलेजले सुकेधारामा आयोजना गरेको गणेशमान सिंह छात्रवृत्ति पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा उनले संविधानको पूर्ण कार्यान्वयन भएमात्र गणतन्त्र संस्थागत हुन सक्छ यसका लागि दलहरु इमान्दार भएर लाग्नुपर्छ भने । उनले अझसम्म पनि मुलुकमा राजनीतिक अस्थिरता कायम रहेको भन्दै दलगत स्वार्थभन्दा माथि उठेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कलेजका व्यवस्थापन समितिका अध्यक्ष डिल्ली शिवाकोटीले नेपालको शिक्षा क्षेत्रमा थप योगदान पु¥याउनका लागि कलेजको स्थापना गरिएको बताए । गणतन्त्र दिवसका अवसरमा सो कलेजले प्रत्येक वर्ष पाँच जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्दे आएकामा यस वर्ष भूकम्पपीडित एक जनालाई थप गरी छ जनालाई प्रदान गरेको थियो । यस्तै कलेजमा स्थापनाकालदेखि योगदान दिने पदाधिकारीलाई सम्मानसमेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण