बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

संविधान पुर्नलेखन हुनुपर्छः सापकोटा

शनिबार, १५ जेठ २०७३, १५ : १७
शनिबार, १५ जेठ २०७३

काठमाडौं– राप्रपा नेपाल समानान्तर पार्टीका केन्द्रीय सदस्य शम्भुप्रसाद सापकोटा अखण्डले संविधान पुर्नलेखन हुनुपर्ने बताएका छन् । संविधानसभाबाट जारी भएको संविधान अपूरो भएको दाबी गर्दै उनले भने, ‘ यो संविधानले समस्या निम्त्मयाएको छ । यस्तो संविधान जनताको पक्षमा छैन त्यसलै यसको पुर्नलेखन हुनुपर्छ ।’ देशमा गणतन्त्र आएपनि जनतनाले वास्तविक गणतन्त्रको अनुभूति गर्न नसकेको भन्दै उनले त्यसो हुनुको मुख्य कारक राजनीतिक दलहरु भएको आरोप लगाए । उनले संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र स्थापना हुनुपर्ने समेत माग गरेका छन् । उनको पार्टी राप्रपा नेपाल समानान्तरले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको वकालत गर्दै आएको छ भने संविधान पुर्नलेखनको माग पनि अघि सारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप