सरकारी कर्मचारीको तलब पाँच सय !
कञ्चनपुर– सरकारी कर्मचारीले पाउने मासिक तलब रु ५०० मात्रै हो भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ तर कुरा साँचो हो ।
कञ्चनपुरको बेदकोट नगरपालिकाको धरमपुरस्थित सामुदायिक स्वास्थ्य इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगीले मासिक रु ५०० तलब थाप्दै आएका छन् । हालै इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगी अन्जना केसीले मासिक तलबबापत रु ५०० पाउने गरेकी छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले मासिक रु आठ हजार नबढ्ने गरी घटाघटीमा आवेदन मागेको थियो । केसीले सबैभन्दा कम तलबमा काम गर्ने गरी निवेदन दिएपछि उनलाई रु पाँच सयमा काम गर्ने गरी कार्यालय सहयोगीमा नियुक्त गरिएको हो ।
जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख जनस्वास्थ्य अधिकृत हजारी चन्दले कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार सबैभन्दा कम तलब कबोल गर्ने केसीलाई कार्यालय सहयोगीमा नियुक्त गरिएको बताए । कार्यालय सहयोगीका लागि केन्द्रमा आठ जनाको आवेदन परेको थियो । उनीहरुमध्ये एक जनाले निःशुल्क काम गर्ने प्रस्ताव पेस गरेका थिए । जनस्वास्थ्य कार्यालयले त्यसलाई अस्वीकृत गरेको छ ।
न्यूनतम तलबमा काम गर्न कबोल गर्ने केसीले भविश्यमा तलब बढ्ने र स्थायित्व हुने आशामा कम तलबमा काम गर्ने इच्छा देखाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण