बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

एटलान्टिक महासागरमा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

शनिबार, १५ जेठ २०७३, १६ : ५१
शनिबार, १५ जेठ २०७३
काठमाडौं – दक्षिणी एटलान्टिक महासागरमा शनिबार ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । बेलायत नियन्त्रित दक्षिण जर्जिया र दक्षिण स्यान्डिवच टापु नजिकै केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भे (युएसजीएस)ले जनाएको छ । जमिनको सतहभन्दा ९० किलोमटर तल भूकम्पको केन्द्र विन्दु रहेको र ग्रिनविच मिनटाइम अनुसार ९ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्पको धक्का अर्जेन्टिना र फल्कल्याण्ड टापुसम्म महसुस गरिएको थियो । हालसम्म सुनामीको खतराबारे कुनै सूचना जारी गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप