बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बजेटले वित्तिय अराजकता ल्याउँछ : पूर्व अर्थमन्त्री महत

शनिबार, १५ जेठ २०७३, १९ : ०९
शनिबार, १५ जेठ २०७३
काठमाडौं – पूर्व अर्थमन्त्री रामशरण महतले सरकारले ल्याएको बजेटले देशमा वित्तिय अराजकता ल्याउने टिप्पणी गरेका छन् । बजेट भाषणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महतले पूँजीगत खर्च हुन नसक्ने बताउँदै यसले उपभोग र वितरणमा मात्र धेरै खर्च हुने बताए । उनले भने, ‘यसले बित्तिय अराजकता ल्याउँछ ।’ उनले बजेट पछि एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने हल्ला रहेको कारण सबैलाई खुसी पार्न राजनीतिक अभिप्रायले बजेट ल्याएको टिप्पणी समेत गरे । त्यस्तै नेपाली कांग्रेसकै अर्का पूर्व अर्थमन्त्री महेश आचार्यले भोलि अर्को सरकार आए यो बजेट कायान्यवन गर्न भद्रगोल हुने टिप्पणी गरे । उनले बजेटले मुद्रा स्फ्रीतिमा चाप पर्ने समेत बताए । ‘अहिले १ सय अर्ब विदेशी ऋण र अनुदान ल्याउन नसकिरहेकोमा ३ अर्बको आशा गर्नु हास्यास्पद छ, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप