मधेश र पहाडलाई जोडने पूर्वसर्त पुरा नभए विद्रोह : यादव
राजविराज - नेकपा माओवादी (केन्द्र) का नेता मातृकाप्रसाद यादवले मधेश र पहाडलाई जोड्ने आफ्नो पुर्वसर्त पूरा नभए कुनै पनि वेला विद्रोह गर्ने चेतावनी दिएका छन् । शनिवार राजविराजमा आधिकारीक ट्रेड युनियन निर्वाचनका लागि आयोजित चुनावी अभियानले गरेको अन्तरक्रियालाई सम्वोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले उग्र राष्ट्रियताको नारा दिएर पहाडका सिधासाधा जनतालाई वर्तमान सरकारले अल्मल्याए जस्तै मधेशी नेताहरुले आन्दोलनका नाममा सिधासाधा मधेशी जनतालाई मराएर आफु चाहि तेलको तस्करीतर्फ लागेको वताए । उनले यी दुवै कार्यशैलीवाट देश वन्न नसक्ने बताए । माओवादीको एकताको विषयमा वोल्दै उनले देशलाई विखण्डनवाट जोगाउनका लागि नै फुटेका माओवादी पार्टीहरु बीच एकता गर्नु परेको बताए । मुलुकमा देश भक्तिको नारा दिएर क्रुर शासन गर्ने महेन्द्रवादी प्रवृत्ति हावी भईरहेका कारण देशनै विखण्डनमा जाने खतरा वढेको भन्दै नेता यादवले आफुहरुको एकताले त्यसलाई चिर्नु जरुरी रहेको जिकिर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र आफना पार्टीका नेता पुष्प कमल दाहाल (प्रचण्ड) को काँधमा चढेर राप्रपा नेपालका अध्यक्ष कमल थापा देश विदेश सयर गर्न थालेको भन्दै उनले यस्तो मण्डले राष्ट्रवादले मुलुक वन्न नसक्ने दावी गरे । उत्पीडित पहाडि र उत्पीडित मधेशीबीच भावनात्मक एकता कायम नगरेसम्म राष्ट्रिय एकता वलियो नहुने भन्दै यादवले अध्यक्ष प्रचण्डसँग एकतामा जानुभन्दा पहिला नै आफुले यो कुरालाई प्राथमिक्ताका साथ उठाई सकेको खुलासा समेत गरे । पार्टी एकिकरणको वेला गरिएको १३ वुँदे सहमति अन्तर्गत वुँदा नं ८ मा राष्ट्रिय पहिचान, मधेशी, दलित, जनजाति र पछाडि पारीएका जनताहरुको अधिकार सुनिष्चितताको विषयलाई ग्यारेण्टि गरिएको बताउँदै उनले यी कुरालाई वेवास्ता गरिए एकताको कुरा फजाएर खाने भाँडो मात्र वन्ने ठोकुवा समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण