किसानको प्रश्नः सिडिओ सा’ब मध्यरातमा डोजर लाउनेलाई कारवाही हुन्छ कि हुदैन ?
काठमाडौं–मन्जुरी विना मध्यरात खेतमा डोजर लगाएर अन्नपात नष्ट तथा आफ्नो जग्गा अधिग्रहण गर्नेलाई कारवाहीको माग गर्दै जिल्लाको दक्षिण भेग पाङराङका दुइ किसान न्यायको खोजिको लागि सदरमुकाम आएका छन् । पाङराङ २ निवासी बालकृष्ण पाण्डे र यामु पाण्डे न्यायको खोजी गरिदिन भन्दै सदरमुकाम आएका हुन् । आफुहरुको नाममा भएको खेतमा डोजर हाल्न मन्जुरी नदिएता पनि मध्यरातमा मोटरबाटो उपभोक्ता समितिले जबरजस्ती खेतमा डोजरलगाएर आफुहरुको विचल्ली पारेको उनीहरुको गुनासो छ । बालकृष्ण पाण्डे भन्छन्, ‘बाबुको नाममा भएको त्यही सानो टुक्रा खेत थियो त्यही पनि मध्यरातमा डोजर लगाएर तहसनहस बनाइ दिए, मजदुरी किसान गरेर घरपरिवार चलाउँदै आएको थिए अब त्यही सानो टुक्रा खेतमा डोजर हालिदिए म के गरु ? श्रीमती र म गरी दुइपटक सम्म जिल्ला प्रशासन र जिल्ला विकास समितिमा गयौं, प्राविधिक कार्यालयका प्रमुख इन्जीनियर महेन्द्र बानियाँले सहमतिविना बाटो नखन्नु, खनेमा बजेट रोक्छु भन्नु भयो तर शुक्रबार मध्यरातमा सुतेको बेलामा एकाएक खेतमा डोजर लगाइएछ ।’
अर्की पीडित यामु पाण्डेले आफूहरु पटकपटक जिल्ला प्रशासनमा आउँदा पनि अन्यायमा परेको बताइन् । उनले भनिन्–जिल्ला प्रशासनमा सिडिओले सहमति विना बाटो नखन्नु भनेर हाम्रै अगाडी बाटोका अध्यक्षलाई फोन गर्नुभयो त्यसपछि ढुक्क भएर म चितवन आए तर यहाँ रातरात खेतमा डोजर लगाएर खेतको तहसनहस पारियो ।
जिल्ला प्रशासनमा गुहार माग्न आएका दुइ दक्षिणबासी ८ घण्टाको बाटो हिडेर कुश्मा बजारमा आएका हुन् । उनीहरुले आइतबार जिल्ला प्रशासनमा शान्ति सुरक्षाको साथै न्यायको लागि प्रजिअ ढकालसँग कुरा गर्ने र कसै नभए अदालत जाने बताए । उनीहरुले आफुहरु माथि भएको अन्यायको चिरफार गरी न्यायसहित क्षतीपूत्र्तिको समेत माग गरेका छन् । दुइ पटक सम्म जिल्ला प्रशासन र जिल्ला विकास समितिमा आएका उनीहरुले आफ्नो अधिकारको सुरक्षाका साथै न्यायको लागि वकालत गर्नको लागि प्रजिअलाई गुहार्ने बताए । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सहमति विना बाटो खन्न नहुने बताए । अविवाहित यामु पाण्डे चितवनमा बहिनीको घरमा बस्दै आएकी छिन् भने बालकृष्ण पाण्डे मजदूरी गरेर परिवार पाल्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण