दश हजार क्षयरोगीको खोजी
आइतबार, १६ जेठ २०७३, १२ : ४७
भक्तपुर – जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)का कार्यकारी निर्देशक शरण गोपालीले हाल नेपालमा १० हजार क्षयरोगका बिरामीको पहिचान हुन नसकेको बताएका छन् । नेपाल क्षयरोग निवारण संस्था भक्तपुर र शङ्खधर बचत तथा ऋण सहकारी संस्था लि थिमिले सहकारी सदस्यका लागि यहाँ आयोजना गरेको क्षयरोग तथा एचआइभी÷एड्ससम्बन्धी कार्यक्रममा उहाँले पहिचान हुन नसकेको क्षयरोगीको खोजी भइरहेको बताए । उनले क्षयरोगीको खोजी गरेर उपचारमा ल्याउन सबै सहकारीकर्मीलाई आग्रह गरे । कार्यक्रममा क्षयरोगविज्ञ सुरेश प्रधानले क्षयरोगको बिरामी बढ्नामा एचआइभी÷एड्सले पनि भूमिका खेलेको बताउँदै एचआइभी÷एड्ससँगै क्षयरोगी पनि बढ्दै गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण