अमेरिकाबाट धुर्मुस सुन्तली फाउन्डेसनलाई एकलाख सहयोग
वासिङटन डिसी (अमेरिका)– अमेरिकामा कार्यरत नेपाली पत्रकार विकासराज न्यौपाने र सविता न्यौपानेले धुर्मुस सुन्तली फाउन्डेसनलाई रु एक लाख एक हजार सहयोग प्रदान गरेका छन् । आफ्नी छोरी वियङ्साको ११ औ जन्म दिनका अवसरमा न्यौपाने दम्पतीले सो रकम दिने घोषणा गरेको हो । फाउन्डेसनद्वारा निर्माण भइरहेको गिरान्चौर एकीकृत बस्तीका लागि सो रकम दिइएको हो । “ धुर्मुस सुन्तलीले नेपालमा साँच्चिकै नमुना भन्नलायक काम गरिरहेका छन्, उनीहरुलाई सहयोग गर्नु हामी सक्षम प्रवासी नेपालीको कर्तव्य पनि हो,” न्यौपानेले भने , “त्यही भएर छोरीको जन्म दिनको अवसरमा गर्न लागिएको पार्टी रद्द गरेर यो रकम प्रदान गर्न लागेका हौँ ।” फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६५ परिवारको लागि एकीकृत बस्ती निर्माण गरिरहेको छ । रु चार करोडभन्दा बढीको लागतमा निर्माण गर्न लागिएको एकीकृत बस्तीका लागि नेपाल र बाहिरबाट व्यापक सहयोग जुटिरहेको छ । यसअघि फाउन्डेसनले काभ्रेमा एकीकृत बस्ती निर्माण गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण