आक्रामक रुपमा सेवा विस्तार गर्दै स्मार्ट टेलिकम
काठमाडौं–स्मार्ट टेलिकम प्रा.लि.ले देशका अधिकांश भूभागमा आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले टावर विस्तारको काम गरिरहेको छ । ३४ जिल्लाहरुमा आफ्नो सेवा पुर्याएको स्मार्टले केही साताभित्रै नयां टावर काठमाडौं, पोखरा, नेपालगञ्ज, बिरगञ्ज र चितवनमा थपिसक्ने जानकारी स्मार्ट टेलिकम कर्पोरेट कम्युनिकेशनका प्रमुख पवन शाक्यले दिए । उनले भने, ‘केही साताभित्रै हामी सबै टावर थपेर सेवा विस्तार गर्छौं ।’ हाल करिब ३४ जिल्लाहरुमा विधिवत् रुपमा आप्mनो सेवा सञ्चालन गरिरहेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट २०६५ असारदेखि ग्रामीण दूरसञ्चार अनुमति पत्र प्राप्त गरि करिब पच्चीस जिल्लामा सेवा सुरु गरेको कम्पनीले बैशाख २०७० मा एकिकृत दूरसञ्चार अनुमति पत्र प्राप्त गरेपछि सेवा थप विस्तार गरिरहेको छ । कम्पनीले नेपालको कानून तथा नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनहरु बमोजिम कम्पनीलाई थप सुदृढ र फराकिलो बनाइरहेको जनाएको छ ।
स्मार्ट टेलिकमले देशका ३४ जिल्लाहरुका सुगम तथा दुर्गम स्थानमा गरि करिब चौध लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ । सेवा विस्तारका लागि टावररनेटवर्क लगायत आवश्यक प्राविधिक उपकरण जडान तथा जनशक्तिसमेत परिचालन गरिरहेको जानकारी दिएको छ ।
स्मार्टले सामाजिक जिम्मेवारी बहन गर्दै महाविनाशकारी भूकम्पमा समेत आप्mना ग्राहकलाई कम्पनीले निरन्तर सेवा दिइरहेको स्मरण गराएको छ । कम्पनीले आप्mना ग्राहकवर्गलाई तत्काल राहत स्वरुप १०० रुपैया बराबरको रिचार्जसमेत निशुल्क प्रदान गरेको थियो । भूकम्प प्रभावित गोरखा, दोलखा तथा सिन्धुपाल्चोक जिल्लाहरुका अति विकट स्थानहरुमा सेवा दिइरहेको कम्पनीले भूकम्पका बेला पनि पीडितलाई सहयोग गर्न पाएको जनाएको छ । स्मार्ट सेलले आगामी दिनमा गुणस्तरीय सेवा देशैभरी उपलब्ध गराउनेमा विशेष योजना बनाइरहेको स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण