मध्यरातमा बुल्खुमा चालकमाथि आक्रमण, उपचारको क्रममा मृत्यु
काठमाडौं– कुटपिटबाट गम्भीर घाइते भएका ट्याङकर चालक किर्तिपुर नगरपालिका–१४ चोभार बस्ने ३७ वर्षीय गगन अर्यालको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सडकमा शनिबार राति बा.३ ख २२९३ नम्बरको बस र ना.१ ख ९२७६ नम्बरको ट्याङकर बीच विवाद हुँदा बस चालक डेबिट भन्ने सुर्य तामाङ लगायत ८–९ जनाको समुहले अर्याल र ट्याङकरमा सवार किर्तिपुर नगरपालिका–१५ टौदह बस्ने ३५ बर्षीय हिरा कार्कीलाई कुटपिट गर्दा घाइते भएकोले अर्याललाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते कार्कीको बीर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । घटनामा संलग्न नुवाकोट गणेश थान–१ घर भई हाल ललितपुर धोबीघाट बस्ने २० वर्षीय ज्यानकाजी भन्ने सरोज कुवर र गोरखा ताप्ले–८ घर भई कलंकी बस्ने बस्ने १७ वर्षीय सुभाष कुवँर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण