संविधान कार्यान्वयनका लागि सम्पूर्ण महिला एक हुनुपर्छः सभामुख
आइतबार, १६ जेठ २०७३, १३ : ५८
काठमाडौँ–सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनका लागि सम्पूर्ण महिला एक भई अघि बढ्नुपर्ने बताएकी छन् ।
महिला अधिकार कानुन मञ्चको २१औँ स्थापना दिवसका अवसरमा सभामुख घर्तीले संविधानमा प्राप्त अधिकार कार्यान्वयन गर्न र बाँकी अधिकार प्राप्तिका लागि निरन्तर रुपमा आवाज उठाउनुपर्ने भन्दै त्यसका लागि सबै नेपाली महिला एक भएर लाग्नुपर्नेमा जोड दिइन् ।
“जारी संविधानले महिलाको धेरै अधिकारलाई सम्बोधन गरेकाले अब नेपाली महिला निरास हुने अवस्था छैन, नेपाली महिला आफ्नो अधिकार प्राप्तिका लागि जसरी एक भएका थिए त्यसरी नै अधिकार कार्यान्वयनका लागि लाग्नुपर्छ”, सभामुखले भनिन् ।
सो अवसरमा पशुपक्षी विकासमन्त्री शान्ता मानवीले महिलाले केही अधिकार प्राप्त गरेको अब बाँकी अधिकार प्राप्त गर्नका लागि आन्दोलनको स्वरुप परिवर्तन गरी अघि बढ्नुपर्ने बताइन् ।
आयोजक संस्थाका अध्यक्ष अधिवक्ता मीरा ढुङ्गानाले लामो समयदेखि पछि परेका नेपाली महिलाको केही अधिकारको सम्बोधन भए पनि धेरै अधिकार सम्बोधन हुन बाँकी रहेकाले बाँकी अधिकार सुनिश्चित गर्न सबै महिला अधिकारकर्मीलाई एक भएर अधि बढ्न आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण