यसकारण नेपाल समृद्ध बन्न सकेनः उपप्रधानमन्त्री
नुवाकोट –नुवाकोटको तारुकामा दलित सन्देश श्रोता क्लबले जातिय भेदभाव बिरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । तारुकाको वडा ५ स्थित बँदेलीमा शनिबार आयोजित उक्त कार्यक्रममा उपप्रधान तथा उर्जामन्त्री टोपवहादुर रायमाझिले नेपाल प्राकृतिक रुपमा धनी भएपनि राजनीतिक रुपमा पछी परेकोले आजसम्म समृद्ध बन्न नसकेको बताए । नेपालमा राजनीतिक क्रान्ति लगभग सकिएको र अव सवै राजनीतक दलहरुको लक्ष्य आर्थिक विकास र पूर्वाधार निर्माण हुनुपर्ने उनको भनाई थियो । वरिष्ठ पर्यटन व्यवसायि तथा समाजसेवि मोहन लम्सालले अव नेपाली जनताले यो वा त्यो राजनीतिक दल भन्दा पनि विकास चाहेको वताए । आफु कुरा भन्दा काममा विश्वास गर्ने र त्यो कुरा तारुकामा पुष्टि गरेको पनि लम्सालको भनाइ थियो । राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज)का अध्यक्ष शिव अधिकारीले दलितहरुको मुक्ति र उथ्थानको लागि आफु निरन्तर लागिपरेको बताउँदै सामाजिक कुरितीको अन्त्य गर्नुपर्ने बताए । कार्यक्रममा पर्यटन व्यवसायि तथा समाजसेवि मोहन लम्साल र राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज) का अध्यक्ष शिव अधिकारीलाई नागरिक अभिनन्दन प्रदान गरिएको थियो । त्यसैगरी टूर्गानका पूर्व अध्यक्ष बिष्णु ज्ञावली, टूर्गानका उपाध्यक्ष भाईकृष्ण खड्का लगायत दलित जेष्ठ नागरिकहरुलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी गणेश सिंखडा, नेपाल पर्यटन यातायात व्यवसायि संघका निवर्तमान अध्यक्ष रामशरण कार्की, राष्ट्रिय पर्यटन पत्रकार संघका कोषाध्यक्ष नविन काफ्ले लगायत राजनीतिक दलका स्थानिय प्रतिनिधिहरुको उल्लेख्य उपस्थिीति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण