पत्रकारलाई सिभिल अस्पतालमा बेड अभाव
आइतबार, १६ जेठ २०७३, १६ : ४८
काठमाडौं–रगतमा खराबी आएका कारण सिकिस्त भएका पत्रकार शालिग्राम शर्मालाइ बेडको अभाव देखाउँदै सिभिल हस्पिटलले भर्नाको लागि आनाकानी गरिरहेको छ ।
बुबाको अवस्था नाजुक बन्दै गइरहेको भएपनि अस्पतालले बेड छैन भनेर वाहिरै राखिरहेको छोरी धैर्यता शर्माले रातोपाटीलार्इ बताइन् । ललितपुरको एकान्तकुनास्थित अलका हस्पिटलमा बेडको अभावकै कारण उनलार्इ वानेश्वरस्थित सिभिल हस्पिटलमा सारिएको हो ।
शर्मा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)का लेखा समिति सदस्य, सामुदायिक रेडियो शारदाका अध्यक्ष र सल्यानी सन्देश साप्ताहिक प्रकाशक सम्पादकको रुपमा कार्यरत छन् ।
२०४० सालदेखि पत्रकारितामा संलग्न शर्माको सेता र राता दुवैखाले रक्तकोषमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । एबी पोजेटिभ रक्तसमुह भएका शर्मालाइ धेरै भन्दा धेरै रगतको खाँचो परेको छोरी धैर्यताले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण