दिगो कृषिको विकासः चुनौती, सम्भावना र विकल्प विषयक अन्तर्राष्ट्रिय सम्मेलन शुरु
काठमाडौं – ‘नेपालमा दिगो कृषिको विकासः चुनौतीहरु, सम्भावनाहरु र विकल्पहरु’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा शुरु भएको छ ।
इन्टरनेशनल फूड पोलिसी रिसर्च ईन्टिच्यूट (इफ्प्री) द्वारा ईन्टिच्यूट फर इन्टिग्रेटेड डेभपलमेन्ट स्टडिज् (आईआईडिएस) र नेपाल इकोनोमिक एशोसियसन ९एनईए० को सह–संयोजनमा आयोजित सम्मेलनको उदघाट्न गर्दै कृषिमन्त्री हरिबोल गजुरेलले नेपालमा दातृ निकायको लगानी र नेपाली कृषिको आवश्यकता मेल नखाएको बताए ।
उनले भने, ‘धेरै विदेशी निकायहरुले कृषि क्षेत्रमा कार्य गर्दछन् तर पहिले कृषिमा आत्मनिर्भर नेपाल अहिले परनिर्भर रहेको छ ।’ नेपालमा कृषिको विकास जुन तिब्रतामा हुनुपर्ने हो त्यो नभएको भन्दै कृषिको प्रचुर सम्भावनालाई उजागर गर्नुपर्ने स्पष्ट पारे ।
कृषिमन्त्री गजुरेलले हाम्रो रुची एउटा क्षेत्रमा छ, तर विदेशी निकायहरुले हामीलाई अर्कै खाना खुवाईरहेको भन्दै यसले विवाद उत्पन्न भएको दाबी गरे । उनले भने, ‘हाम्रो रुचीलाई सहयोग गर्नुपर्दछ र यस बिषयमा गम्भिर भएर छलफल गरौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण