भारतबाट घर फर्केका २ जना बेपत्ता
आइतबार, १६ जेठ २०७३, १७ : ४३
सल्यान – रोजगारीको सिलसिलामा भारत गएका सल्यानका २ जना बेपत्ता भएका छन् ।
कोवाङ झिम्पे गाउँ विकास समितिका वडा नम्बर– ३ का अन्दाजी ३५ वर्षका लाल बहादुर पुन र लक्ष्मीपुर–१ मर्केलखाराका ३७ वर्षीय तिलक बहादुर चलाउने बेपत्ता भएका हुन् ।
भारतको हरिद्धारबाट वैशाख १५ गते घर हिडँेका पुन हालसम्म सम्पर्क विहिन भएको परिवारीक स्रोतले जानकारी दिएको छ । डम्बर पुनका नामले पनि चिनिने पुनले हरिद्धारबाट फोन गरी २ दिनपछि घर आइपुग्ने बताएपनि १५ दिन बितिसक्दा समेत घरमा आइनपुगेको र सम्पर्क पनि नभएको बताइएको छ ।
यस्तै मर्केलखाराका ३७ वर्षीय तिलक बहादुर चलाउने बिगत ९ दिनदेखि बेपत्ता भएका छन् । गत जेठ ५ गते भारतको हरिद्वारबाट घर हिँडेका उनी ९ दिन बितिसक्दा पनि घर आई नपुगेको श्रीमती ददि चलाउनेले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण