इटहरी उप–महानगरपालिका विरुद्ध एमाले
इटहरी – नेकपा एमाले इटहरी नगर कमिटिले इटहरी उप–महानगरपालिकाले जनचाहाना अनुरुप काम गर्न नसकेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेको छ ।
आइतबार कार्यकारी अधिकृत महेशराज तिम्सिनालाई ज्ञापन पत्र बुझाउँदै एमाले इटहरी नगर अध्यक्ष रेवती प्रसाद घिमिरेले संस्थाले लोकतान्त्रि आचारण र व्यवहार समेत प्रस्तुत गर्न नसकेको गम्भिर आरोप लगाए । उनले सेवा प्रदायकको भुमिका कमजोर हुँदै जानु आपत्तिजनक कुरा रहेको भन्दै यस प्रति कार्यलय प्रमुखको ध्यान केन्द्रित गराए ।
२० बुँदे मुख्य माग प्रस्तुत गर्दै घिमिरेले नगरको विकासका लागि अग्रगामी योजना, नगरको फोहोर व्यवस्थापन, नगरक्षेत्रका नहर तथा खोलाको तटवन्धन, ढल निकासको उचित प्रबन्ध, इटहरी ५ मा रहेको जनतावस्तीको भुमिहिनहरुको समस्या, नगरभित्र रहेका सार्वजनिक जग्गा पहिचान गरि सामुदायिक पार्क तथा वृद्धपार्क निर्माण लगायतका मागहरु राखेका छन ।
मागको सुनुवाई गर्न एमालेले १५ दिनको म्याद दिएको छ । उसले कार्यलयका कर्मचारीको दक्षता अभिवृदि गर्न तथा जिन्सी सामानको सुरक्षामा समेत कार्यलयको ध्यान नगएको हुँदा उक्त जनताको सम्पतिको संरक्षणमा उप–महानगरपालिका चुक्न नहुने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण