प्रिज्मार्क मार्केटिङ २१ औँ वर्षमा प्रवेश
काठमाडौं–नेपाली विज्ञापन तथा मार्केटिङ एजेन्सी क्षेत्रमा सेवा प्रदान गर्दै आएको प्रिज्मार्क मार्केटिङ स्थापनाको २१ औँ बर्षमा प्रवेश गरेको छ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्राण्डहरुको साथसाथै विकास तथा सरकारी क्षेत्रको आफ्नो ग्राहकहरुको सेवा गर्दै आएको प्रिज्मार्क मार्केटिङ, नेपाली विज्ञापन क्षेत्रमा विगत २१ वर्ष देखि आफ्नो कार्यकुशलता देखाउँदै आएको एजेन्सी हो ।
प्रिज्मार्क मार्केटिङले आफ्ना क्लाइन्टहरुका लागि मार्केटिङको सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ । प्रिज्मार्कले हालका लागि हुन्डाई, भिजी सुजुकी, नेपाल टेलिकम, सामसुङ, यसुदा, पी एण्ड जी, कारबन जस्ता क्लाइन्टलाई सेवा प्रदान गर्दछ ।
यस अवसरमा बोल्दै प्रिज्मार्कका कार्यकारी निर्देशक, पंकज प्रधानले भने, “२१ वर्षको लामो यात्रामा उत्कृष्ट ब्राण्डहरुको सेवा गर्न पाएको हामी आफुलाई भाग्यमानी ठान्दछौँ । साथै उत्कृष्ट सेवा प्रदान गर्न प्रिज्मार्क सधैँ तत्पर छ ।”
प्रिज्मार्क मार्केटिङ बाहेक, प्रिज्मार्क ग्रुपसँग सेलकम, मित्र नेटवर्क, मिडिया बैंक र प्रिज्मार्क केयर पनि आबद्घ छन् । २१ औँ वार्षिकोत्सव बारे बोल्दै, प्रिज्मार्क ग्रुपका कार्यकारी अध्यक्ष श्री पवन प्रधानले भने, “स्थापनाको २१ औँ वर्षसम्म आएर यस्तो उल्लेखमय उपलब्धि हासिल गर्न पाएकोमा खुशी, आभार र गर्व व्यक्त गर्न चाहन्छु । हाम्रो कर्मचारी र क्लाइन्ट बिना यो सम्भव हुने थिएन ।”
प्रिज्मार्क मार्केटिङ विगतमा केही कृति अवार्डमा उपाधि विजेता पनि बन्न सफल भएको एजेन्सी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण