फाब्राले गरे एकै खेलमा दुई टोलीका लागि गोल, कोलम्बिया पराजित
टेक्सस – कोलम्बिया फ्रांक फाब्रा पलासियोसले आफ्नो र विपक्षी टोली दुवैका लागि गोल गरेपछि कोलम्बिया पराजित बनेको छ । आइतबार सम्पन्न खेलमा कोलम्बिया २–३ गोलअन्तरले पराजित बन्यो ।
टेक्सासमा भएको खेलको दोस्रो मिनेटमा नै जोनास भेनेगासको गोलको मद्दतले कोस्टारिकाले अग्रता लिएको छ । तर पलासियोसले त्यसको चार मिनेटपछि नै गोल गर्दै कोलम्बियालाई खेलमा फर्काए ।
तर, खेलको ३४ औं मिनेटमा पलासियोसले आत्मघाती गोल गरेपछि कोस्टारिकाले अप्रत्यासित रुपमा अग्रता लिएको थियो ।
यसअघि नै क्वाटरफाइनलमा प्रवेश गरेको कोलम्बियाले स्टार खेलाडी हामेज रोड्रिग्वेजलाई आराम दिएको थियो । खेलको दोस्रो हाफमा उनी मैदानमा प्रवेश गरे पनि सेल्सो बोरगेसले गोल गर्दै कोस्टारिकाको अग्रता दोब्बर बनाए । त्यसपछि कोलम्बियाका लागि मार्लोस मोरेनोले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यसअघि पाराग्वे र अमेरिकालाई पराजित गर्दै कोलम्बिया क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
उता, आयोजक अमेरिकाले पाराग्वेलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलमा एक मात्र गोल क्लिन्ट डेम्पसेले गरे ।
जीतसँगै गोलअन्तरको आधारमा कोलम्बियालाई उछिन्दै अमेरिका समूह ए को शीर्ष स्थानमा उक्लेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा कपडा उद्योग : कार्यदलले बुझायाे प्रतिवेदन, परीक्षण उत्पादनको तयारी
-
मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
-
‘जलनले छालामात्र होइन, भित्री अङ्ग पनि बिगार्छ’
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण