सेनाका सिपाहीमाथि बलात्कार प्रयासको आरोप, न्यायको खोजीमा पीडित किशोरी
आइतबार, ३० जेठ २०७३, १६ : ३६
भैरहवा– नेपाली सेनाका सिपाहीमाथि बलात्कार प्रयासको आरोप लागेको छ ।
भैरहवाको २ नम्बर ग्यारिजन गण अगाडीबाट आउने जाने महिला तथा किशोरीहरुलाई ड्यूटीमा रहेका सेनाले अश्लिल शब्द प्रयोग गर्ने, बिभिन्न इशारा गर्ने लगायत गुनासो आइरहेको बेला पछिल्लो पटक सेनाका एक सिपाहीले किशोरीमाथि जबरजस्ती करणी गर्न खोजेको आरोप लागेको हो ।
गत जेठ २३ गते आईतबार सेवा पथमा किराना पसल सञ्चालन गरि बस्ने एक किशोरीलाई ब्यारेकमा रहेका सिपाही मिन बहादुर थापाले बाहिर आएर जवरजस्ती करणी गर्न खोजेको स्थानीयको आरोप छ । पीडित किशोरीका अनुसार उनले जबरजस्ती गर्न खोजपछि बल्लबल्ल उनको पञ्जाबाट उम्कन सफल भएको बताएकी छन् ।
बिशेष गरि मधेशी समुदायमा यस्ता घटना लुकाईन्छ अथवा मिलापत्रमै टुङ्गयाउने गरिएको छ । तर परिवारको साथ पाएकी पिडित किशोरी अहिले न्यायको लागी बिभिन्न निकाय घाउदा समेत न्याय नपाएको गुनासो गरेकी छिन् । पिडक मिन बहादुर थापालाई कारबाहीको माग गर्दै उनले दिएको जाहेरी अहिले सम्म जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दर्ता गर्न मानेको छैन । प्रहरी प्रवक्ता रुपन्देहीका डियसपी रामेश्वर कार्कीले बलात्कार नभएको कारण प्रहरीले मुद्दा चलाउन नसक्ने जवाफ दिएका छन् ।
उनले यो बिषय अनुसान्धानमै रहेको कारण सरकारी वकिल सित छलफल गरि अगाडी बढ्ने समेत कार्कीले बताए । सेनाले पिडितका परिवारलाई बोलाएर घटनाको बारेमा बुझ्ने जानकारी आएको पनि कार्कीले बताए ।
यसैबीच पीडकलाई ब्यारेकमै निगरानीमा राखिएको २ नम्बर ग्यारिजन गणका गणपति सीताराम रिजालले बताए । थापाले कुनै गलत काम नगरेको आफुलाई बताएको रिजालको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा कपडा उद्योग : कार्यदलले बुझायाे प्रतिवेदन, परीक्षण उत्पादनका लागि आवश्यक कार्य सुरु
-
मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
-
‘जलनले छालामात्र होइन, भित्री अङ्ग पनि बिगार्छ’
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण