किताब पढेको भन्दै गड एन्जलका कार्यकर्ताद्वारा ज्यान मार्ने धम्की
संखुवासभा– गड होइन ठग एन्जल नामक पुस्तक पढेको भन्दै बाहिङ किरात मुलुखिम संखुवासभा जिल्ला अध्यक्ष बुद्धिबहादुर बाहिङलगात कार्यसमितिसम्बद्धलाई धम्कीपूर्ण व्यवहार गरेकोमा बाहिङ किरात मुलुखिम केन्द्रीय कार्यसमितिले कथित गड एन्जल उर्फ भक्तकुमार राईका अनुयायीलाई कारबारही माग गरेको छ ।
पत्रकार भद्रगोल किरातीद्वारा लिखित गड होइन ठग एन्जल पुस्तक पढेको भन्दै कथित गड एन्जलका अनुयायीले ज्यान मार्ने धम्की दिँदै उनीहरूको घर खानतलासी गरेको थियो ।
किरात धर्मको नाममा किराती संस्कारलाई नामेट पार्ने कथित गड एन्जलले खिचडीजस्तै गरी पकाएको ‘किनुवा धर्म’को प्रचार–प्रसार गर्दासमेत राज्यले चासो नदिएकोमा बाहिङ किरात मुलुखिम केन्द्रीय कार्यसमितिले दुःख व्यक्त गरेको छ ।
नेपालको संविधान २०७२ मा कुनै पनि धर्म प्रचार–प्रसार गर्न पाइने छैन भनी व्यवस्था उल्लेख भए पनि कथित गड एन्जलका अनुयायीले संविधानको धज्जी उडाइरहेको उसले आरोप लगाएको छ । तसर्थ, उनका अनुयायीलाई तत्काल कानुनी कारबाहीको माग गरिएको छ । कारबाही नगरिए कथित गड एन्जलको धर्म अतिक्रमणको डटेर सामना गर्ने बाहिङ किरात मुलुखिम केन्द्रीय कार्यसमितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
-
माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण