अञ्चल अस्पतालका विरामीहरु भुईमै उपचार गराउन बाध्य
आइतबार, ३० जेठ २०७३, १७ : ०८
राजविराज - गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा शैय्या अभावका कारण विरामीहरु भुईमै उपचार गराउन बाध्य भएका छन् ।
अस्पतालको इमर्जेन्सी शाखामा २० वटा शैय्या मात्र रहेको र दैनिक ३५ देखि ४० सम्म विरामी थपिने गरेका कारण भुईमा राखेर उपचार गराउनु परेको इमर्जेन्सी शाखाका इन्चार्ज सुबोध मेहताले बताए ।
अस्पतालमा सवैभन्दा बढी डायरीया, सर्पदंश लगायत विरामीहरु हाल आउने गरेको बताउदै उनले वेड अभावका कारण उपचारमा समस्या भइरहेको जानकारी दिए । ‘सिकिस्त अवस्थाका विरामीहरुलाई त्यसै फर्काउन मिलेन’ उनले भने ‘त्यसैले भुईमै सुताएर भएपनि जसो तसो उपचार गर्दै आएका छौ ।’
बढ्दो गर्मीसँगै अस्पतालमा विरामीको चापसमेत बढेका कारण एक महिनादेखि शैय्या अभावले वढी समस्या हुदै आएको मेहताको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा कपडा उद्योग : कार्यदलले बुझायाे प्रतिवेदन, परीक्षण उत्पादनका लागि आवश्यक कार्य सुरु
-
मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
-
‘जलनले छालामात्र होइन, भित्री अङ्ग पनि बिगार्छ’
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण