सुबिसुको युरोकप लक्षित आकर्षक योजना
सोमबार, ३१ जेठ २०७३, १५ : ५८
काठमाडौ–नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट प्रालीले विश्वभरमै लोकप्रिय रुपमा हेरिने युरोकप फुटवल प्रतियोगितालाई लक्षित गरीे क्लियर टिभी सेवामा आकर्षक योजना ल्याएको छ । यस योजना अन्र्तगत ग्राहकले सित्तैमा क्लियर टिभी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
सुविसुको यस योजना अन्तर्गत ग्राहकले २ हजार ९ सय ९९ रुपैयाँमा क्लियर टिभी डिजिटल सेवाको प्याकेज खरिदमा सित्तैमा क्लियर टिभी सेट टप बक्स, दुई महिनाको क्लियर टिभी प्रिमियम प्याकेजको सदस्यता साथै सेवा सुचारु गर्दा लाग्ने जडान सुबिधा प्राप्त गर्न सक्ने जनाइएको छ ।
फुटबल प्रेमीलाई लक्षित गरि तयार पारिएको यस योजनाले ग्राहकहरुलाई स्तरीय टिभी हेर्ने अनुभव प्रदान गरी आफ्नो मनपर्ने टिमलाई सपोर्टगरी खेलबाट भरपुर मनोरञ्जन प्राप्त गर्ने मौका प्रदान गर्ने कम्पनीले जनाएको छ यो योजना असार २७ गतेसम्मका लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा दुई ट्यांकरलाई निशाना बनाएको इरानको दाबी
-
अमेरिकाको मेनमा आईसीई एजेन्टको गोली लागेर कोलम्बियाली नागरिकको मृत्यु
-
किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
-
तस्बिरमा हेर्नुहोस् वर्षाका कारण नागढुंगा चेकपोस्टमा होल्ड गरिएको सवारी साधन
-
वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कञ्चनपुरमा महाकाली नदीमा डुबेर एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण