फ्रान्सलाई रोक्दै स्वीटजरल्याण्ड अन्तिम १६ मा
पेरिस – अयोजक फ्रान्सलाई गोलरहित बराबरीमा रोक्दै स्वीटजरल्याण्डले युरो २०१६ को अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ । आइतबार राती सम्पन्न खेलमा स्वीटजरल्याण्ड र फ्रान्सबीचको खेलमा कुनै गोल हुन नसकेपछि समूह उपविजेता बन्दै स्वीटजरल्याण्ड अन्तिम १६ मा प्रवेश गरेको हो । टोलीमा ५ वटा परिवर्तन गरेको फ्रान्सका लागि पाउल पोग्बाले पहिलो हाफमा गरेको दुईवटा प्रहार पोस्टमा लागेको थियो । त्यस्तै अतिरिक्त खेलाडीको रुपमा मैदानमा प्रवेश गरेका डिमिट्री पायेटको प्रयास पनि पोस्टमा नै लागेको थियो । उता, इन्जुरी समयमा बाकारी सान्याले ब्लेरिम जेमाइलीको सर्ट तान्दा स्वीस टोलीले पेनाल्टी पाउन सक्थ्यो । तर, रेफ्रीले त्यसलाई देखेनन् । अब फ्रान्सले समूह सी, डि या ईको तेस्रो टोलीसँग खेल्नेछ । यसको अर्थ सम्भवतः फ्रान्सले उत्तरी आयरल्याण्ड वा रिपब्लिक अफ आयरल्याण्डको सामना गर्नेछ । उता, स्वीटजरल्याण्डले समूह सीको उपविजेतासँग भिड्नेछ । उता, मुख्य प्रतियोगितामा पहिलो जित निकाल्दै अल्बानियाले अन्तिम १६ मा प्रवेश पाउने आशा कायमै राखेको छ । आइतबार राती भएको खेलमा अल्बानियाले रोमानियामाथि १–० को अप्रत्यासित जित निकालेको हो । एफसी जुरिचका अर्मान्डो साडिकुले खेलको निर्णायक गोल गरे । अल्बानिया समूह एको तेस्रो स्थानमा रहेको छ । अब उसले अन्य समूहका खेलहरुको प्रतिक्षा गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक बार आगलागीमा सुरक्षामा लापरबाही भएको आशंका, अनुसन्धान तीव्र
-
स्ट्रेट अफ होर्मुजमा दुई ट्यांकरलाई निशाना बनाएको इरानको दाबी
-
अमेरिकाको मेनमा आईसीई एजेन्टको गोली लागेर कोलम्बियाली नागरिकको मृत्यु
-
किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
-
तस्बिरमा हेर्नुहोस् वर्षाका कारण नागढुंगा चेकपोस्टमा होल्ड गरिएको सवारी साधन
-
वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण