द्वन्द्वकालमा लुटिएको रकम क्षतिपूर्ति माग
पर्वत - यहाँका एक द्वन्द्वपीडितले द्वन्द्वकालमा लुटिएको रकमको क्षतिपूर्तिको माग गरेका छन् ।
दक्षिण पर्वतको बेउलीवास गाविसका सचिव पुण्यप्रसाद काफ्लेले २०६१ साल साउन ३ गते तत्कालीन नेकपा (माओवादी)द्वारा लुटिएको रकमको क्षतिपूर्ति माग गरेका हुन् । बेउलीवास र उरामपोखरा गाविसमा कार्यरत रहँदा दुईवटा गाविसको विकास निर्माणको रकम भुक्तानीका लागि सदरमुकाम कुश्माबजार लिएर गएको नौ लाख ७५ हजार रुपैयाँ र महत्वपूर्ण कागजात माओवादी कार्यकर्ताले बाटोमा लुटेका थिए ।
करिब २० जनाको समूहमा आएका माओवादी कार्यकर्ताले रकम लुटेर लगेको उनले बताए । रकम लुटिएपछि २०६१ साल असोज ४ गते जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको भए पनि अहिलेसम्म कुनै क्षतिपूर्ति र रकम फिर्ता नपाएको गुनासो गरे । १२ वर्षसम्म उक्त रकमको क्षतिपूर्ति नपाउँदा आफू घरबारविहीन हुने अवस्थामा पुगेको उनको गुनासो छ ।
गाउँ विकास समितिको रकम भएपनि त्यसमा विभिन्न उपभोक्ता समिति, आमा समूह, लक्षित वर्गको रकम भएकाले आफूले ऋण खोजेर भुक्तान गरेको उनले बताए । उनले भने लुटिएको रकम भुक्तान गर्नकै लागि आठ मुरी धान फल्ने जग्गा बिक्री गर्नुपरेको तर अझै धेरै ऋण बाँकी रहेको बताए ।
क्षतिपूर्तिका लागि गृह मन्त्रालय, शान्ति तथा पुनःनिर्माण मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा पुगेर पटक–पटक माग गर्दा पनि द्वन्द्वकालमा लुटिएको वा सम्पत्ति क्षति भएकालाई क्षतिपूर्तिस्वरुप रु १० हजार रुपैयाँ मात्रै दिने आश्वासन पाएपछि उक्त रकम आफूले नलिईकन फर्किएको काफ्लेले गुनासो गरे ।
मुलुकमा शान्ति स्थापना भइसकेको पनि लामो समय भइसक्यो उनले भने, मैले अझै न्याय पाउन सकेको छैन । मोटो रकम लुटिँदा पनि राज्यले आफुलाई वास्ता नगरेको भन्दै उनले मानवअधिकार आयोग, पत्रकार तथा जिल्ला विकास समितिले क्षतिपुर्तिका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
रकम मात्र लुटिने नभई पटक पटक अपहरण र यातना समेत दिने गरेको उनको दुःखेसो रहेको छ । अहिले उनी बेउलीवास गाउँ विकास समितिमा सचिबको रुपमा कार्यरत रहेका छन् । लामो समयदेखि सरकारी सेवामा कार्यरत रहँदा पनि आफुले राज्यबाट राहत पाउन नसकेको काफ्लेको भनाई छ । उनले तत्काल उक्त रकम फिर्ता वा क्षतिपुर्ति दिन सम्वन्धित राजनीतिक दल र राज्यसँग आग्रह गरे ।
राज्यकै सेवामा रहँदा बिना कसुर लुटिनु र अपहरणमा पर्नु मानवअधिकार विपरितको कार्य भएको भन्दै यस्ता घटनाका दोषीलाई कारवाही गर्न माग गर्दै आफ्नो रकम फिर्ता गर्न माग गरे । उनले सदरमुकाम कुश्माबजारमा बुधबार पत्रकार सम्मेलन गरेर आफु विगत १२ वर्षदेखि पिडित बनेकाले लुटिएको रकमको क्षतिपुर्ती उपलव्ध गराईदिन माग गरेका हुन् । ––––––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि गण्डकीमा गाजा खेती गर्न पाइने, पारित भयो विधेयक
-
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन विधेयक पारित
-
इरानको तटीय क्षेत्रमा फेरि विस्फोट, सैन्य अड्डा आसपास आक्रमण भएको आशङ्का
-
पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
-
अली खामेनीको अन्त्येष्टि परिवारका सदस्यमा सीमित हुने
-
पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण