राष्ट्रिय सभामा चार विधेयकमाथि समितिको प्रतिवेदन पेस
सारांश
- राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले चार वटा विधेयकमाथिको प्रतिवेदन राष्ट्रिय सभामा पेस गरेको छ।
- समितिका सभापति कृष्णबहादुर रोकायले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ निवारण) (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन पेस गरेका हुन्।
- सभापति रोकायले सरकारले प्रक्रिया नपुर्याई हतारमा विधेयक ल्याएको र कमजोरीका कारण पर्याप्त छलफल गर्न नसकेको बताए।
काठमाडाैँ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले चार वटा विधेयकमाथिको प्रतिवेदन राष्ट्रिय सभामा पेस गरेको छ। समितिका सभापति कृष्णबहादुर रोकायले बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा समितिको प्रतिवेदन पेस गरेका हुन्।
उनले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ निवारण) (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस गरेका छन्।
प्रतिवेदन पेस गर्दै उनले सरकारले प्रक्रिया नपुर्याई हतारमा विधेयक ल्याएको बताए। उनले सरकारको कमजोरीका कारण विधेयकमाथि पर्याप्त छलफल गर्न नसकेको पनि जानकारी दिए।
आगामी दिनमा विधेयक ल्याउन आवश्यक कानुनी प्रक्रिया पुरा गर्न तथा छलफलको लागि पर्याप्त समय हुने गरी विधेयक पेस गर्न सरकारसँग आग्रह गरे। समितिले पेस गरेका चार वटै विधेयक सरकारले अध्यादेश प्रतिस्थापन गर्न ल्याएका विधेयक हुन् । सबै विधेयकलाई बिहीबार नै पारित गर्ने तयारी गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गरेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर, उपचार जारी
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सार्वजनिक
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
-
‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण