नहरमा डुबेर बालक बेपत्ता, सैनिकपत्नीद्वाराआत्महत्या
शुक्रबार, २४ असार २०७३, ११ : ४७
राजविराज - सप्तरीको हनुमाननगर योगिनियामाई नगरपालिका–१ स्थित पश्चिमी नहरमा डुबेर बिहीबार साँझ एक बालक बेपत्ता भएका छन् ।
सोही नगरपालिका–१ बस्ने राजकुमार मण्डलका ४ वर्षीय छोरा ऋषिकुमार मण्डल डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । ऋषिले घरमा कोही नभएको बेला खेल्दाखेल्दै नहरमा डुबेका हुन् । डुबेका बालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच, राजविराजस्थित श्री कृष्णदल गणमा कार्यरत एक सैनिककी श्रीमतीले बिहीबार आत्महत्या गरेकी छन् ।
सुनसरी महेन्द्रनगर–७ घर भई हाल राजविराज नगरपालिका–९ मा डेरा गरी बस्ने ३० वषीया मञ्जु धामीले आफ्नै कोठामा सलको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
मृतकका श्रीमान् दयाराम धामी नेपाली सेनाको पूर्वी पृतनापति खेलकुद प्रतियोगितामा बास्केटबल खेल्न सुनसरीको इटहरी गएका बेला सो घटना भएको प्रहरीले जनाएको तथा आत्महत्याबारे खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । मृतककी एक नाबालिका छोरी रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि गण्डकीमा गाजा खेती गर्न पाइने, पारित भयो विधेयक
-
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन विधेयक पारित
-
इरानको तटीय क्षेत्रमा फेरि विस्फोट, सैन्य अड्डा आसपास आक्रमण भएको आशङ्का
-
पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
-
अली खामेनीको अन्त्येष्टि परिवारका सदस्यमा सीमित हुने
-
पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण