मनमोहन अस्पतालद्वारा आन्दोलन घोषणा
काठमाडौं – मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । शुक्रबार नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडद्वारा आयोजित विशेष भेलाले विभिन्न मागहरु राखि आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । आन्दोलनका कार्यक्रमहरुमा साउन २ गते त्रिवि शिक्षण अस्पताल परिसरमा धर्ना तथा जुलुस लगातार तीनदिनसम्म गर्ने, नीजी मेडिकल कलेज संगठनको आयोजनामा यही ४ गते हुने विरोध कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउने, आगामी सात दिनभित्र आफ्ना मागहरु पुरा नगरे साउन ७ गतेबाट डा. विजय पौडेलको नेतृत्वमा आमरण अनशन बस्ने लगायतका छन् । कार्यक्रममा पूर्वअर्थमन्त्री तथा संस्थाका संरक्षक भरतमोहन अधिकारीले यो आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको भन्दै आगामी दिनमा समेत सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र पाण्डेले शैक्षिक क्षेत्र र अर्थतन्त्रको सुदृढिकरण तथा संविधानको मुल भानवनाको रक्षाका लागि आफूहरुले सैद्धान्तिक मागहरु अघि बढाएको दाबी गरे । उनले ५ बुँदे मागहरु समेत सार्वजनिक गरेका थिए । ती मागहरुमा संविधानको मर्म अनुसार तीन खम्बे अर्थ नीतिलाई लागु गर्नुपर्ने, सहकारी र नीजी क्षेत्रलाई शैक्षिक क्षेत्रमा प्रतिबन्ध लगाउने शिक्षा ऐनको आठौ संशोधन खारेज गर्नुपर्ने, देशलाई चिकित्सा विज्ञान, ईन्जिनिरियङ् तथा पशु विज्ञान लगायतका प्राविधिक शिक्षामा आत्मनिर्भर बनाउन सरकारी, सहकारी र नीजी क्षेत्र तीनवटै क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नुपर्ने लगायतका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि गण्डकीमा गाजा खेती गर्न पाइने, पारित भयो विधेयक
-
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन विधेयक पारित
-
इरानको तटीय क्षेत्रमा फेरि विस्फोट, सैन्य अड्डा आसपास आक्रमण भएको आशङ्का
-
पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
-
अली खामेनीको अन्त्येष्टि परिवारका सदस्यमा सीमित हुने
-
पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण