साझा प्रकाशन टोलीबाट छड्के निरीक्षण
धनगढी –साझा प्रकाशन सञ्चालक समितिको टोलीले आज यहाँस्थित साझा प्रकाशन क्षेत्रीय कार्यालयको छड्के निरीक्षण गरेको छ ।
प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्माको नेतृत्वको टोलीले गरेको निरीक्षणमा कार्यालयका प्रमुख छविलाल रिलामीलगायत कर्मचारी छड्केमा परेको टोलीमा रहेका प्रकाश सिलवालले बताउनुभयो । साझा प्रकाशन क्षेत्रीय कार्यालय धनगढीमा सातजना कर्मचारी कार्यरत रहेको बताइएको छ ।
प्रकाशनको सञ्चालक समितिका सदस्य डा विजय सुब्बा, जीवनचन्द्र कोइराला र हरिहर खनालसमेत सहभागी टोलीले क्षेत्रीय कार्यालय धनगढीको स्वामित्वमा रहेको चलअचल सम्पतिबारे पनि जानकारी लिएको छ ।
साझा प्रकाशनले वर्षौँदेखि विद्यालय तहका पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएको थियो । यद्यपि पछिल्लो केही वर्षदेखि जनक शिक्षा सामग्री केन्द्र आफैले पाठ्यपुस्तक बिक्री वितरण गर्न थालेकाले प्रकाशन घाटामा गई हाल कामविहीन झैँ अवस्थामा पुगेको बताइन्छ ।
हाल रु ४० करोड ऋणमा डुबेको साझा प्रकाशनलाई सरकारबाट सहयोग नभएपछि देशभर रहेका आफ्ना चल अचल सम्पति बिक्री गरेर ऋण चुक्ता गर्ने योजनाअनुसार प्रकाशन सञ्चालक समितिको टोली निरीक्षणमा आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आक्रमणपछि खसेको भग्नावशेषबाट कुवेतमा एक जना घाइते
-
पत्रकारसँग मन्त्री चौधरी : मन्त्रालय चलाउन उत्साहित, नतिजालाई लिएर चिन्तित
-
‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको दाबी, पुनर्लेखनको प्रयास नगर्न सरकारलाई चेतावनी
-
अस्ट्रेलिया र भारतबिच युरेनियम निर्यात सम्झौता
-
अबदेखि गण्डकीमा गाँजा खेती गर्न पाइने, पारित भयो विधेयक
-
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण