सर्वोच्चद्वारा कनकमणिको सम्पत्ति छानबिन कार्य रोक्न अन्तरिम आदेश
काठमाडौँ, ३० साउन - सर्वोच्च अदालतले पत्रकार कनकमणि दीक्षितको सम्पत्ति छानबिन कार्य रोक्न भूमिसुधार मन्त्रालयका नाममा अन्तरिम आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ललितपुर पाटनढोकास्थित रहेको १८ रोपनी जग्गाको छानबिन कार्य रोक्न अन्तरिम आदेश दिएको हो ।
आदेशमा भनिएको छ, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पत्र लेखिएको स्पष्ट नदेखिएको र आयोगबाट अनुसन्धान टुङ्गी नसकेको अवस्था हुँदा सुविधा र सन्तुलनको दृष्टिबाट निवेदकलाई पुग्नसक्ने सम्भावित क्षतिलाई दृष्टिगत गरी अनुुसन्धानको टुङ्गो नलागेसम्म बयान गराउने, धरपकड गर्ने, थुनामा राख्ने कार्य नगर्नु नगराउनु ।”
पत्रकार दीक्षित यही साउन १८ गते आयोगले छानबिन गर्दागर्दै आफ्नो सम्पत्ति छानबिन कार्य गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त जग्गामा विवाद भएपछि त्यसको छानबिन अख्तियारले गरिरहेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति थापा
-
चिनीमिलबाट भुक्तानी नपाउँदा उखु किसान मारमा, साउनमा काठमाडौँ केन्द्रित आन्दोलनको तयारी
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा वडा सचिवविरुद्ध मुद्दा
-
चीनको आर्थिक तथ्याङ्कमाथि प्रश्न उठाउने अर्थशास्त्रीको निधन
-
अपाङ्गता परिचयपत्र सच्याएर सरकारी रकम हिनामिना : पोखरिया नगरपालिकाका तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा
-
इरान युद्धबाट यत्तिकै बाहिरिन सक्लान् ट्रम्प ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण