यसकारण फोक्सो र मुटुको दुस्मन धुम्रपान
सोमबार, १३ मङ्सिर २०७३, १२ : १७
मुटु र रक्तनलीसम्बन्धी रोगमध्ये २५ प्रतिशत धुम्रपानका कारण हुने विभिन्न अनुसन्धानले देखाएको छ । जसमध्ये १० प्रतिशत चुरोट सेवनले मात्र हुन्छ । ३० देखि ५० वर्ष उमेर भएका चुरोट सेवन गर्ने व्यक्तिलाई हृदयाघातको सम्भावना चुरोट सेवन नगर्नेभन्दा पाँचगुना बढी हुन्छ । नेपालमा १७ हजारभन्दा बढी मानिसको प्रत्येक वर्ष सुर्ती सेवनका कारण मृत्यु हुने गरेको छ ।
धुम्रपानको असर
धुम्रपानले रक्तनलीको भित्री भागमा कोलेस्ट्रोल जम्मा गराउँछ ।
यसले रगतलाई बाक्लो बनाई जम्ने सम्भावना गराउँछ ।
मुटुको रक्तनली साँघुरो बनाउँछ ।
सुर्तीजन्य पदार्थमा अत्यधिक निकोटिन हुने हुँदा मुटुको धड्कन र रक्तचाप बढाउँछ ।
चुरोट सेवन गर्नेको उच्च रक्तचाप कम गर्न पनि समस्या हुन्छ ।
चुरोट सेवन गर्नेमा हृदयाघातको सम्भावना दुईदेखि चारगुना बढी हुन्छ ।
यी सबै कारणले रक्तसञ्चारमा बाधा पु¥याई हृदयाघात गराउँछ ।
फोक्सोको क्यान्सर
चुरोट सेवन गर्ने मानिसलाई फोक्सोको क्यान्सर हुने सम्भावना सामान्य मानिसको भन्दा महिलामा १३ गुना र पुरुषमा २३ गुना बढी हुन्छ ।
फोक्सोबाहेक रगत, घाँटी, मुख, आन्द्रा, पाठेघर, स्तन, पिसाबथैली, मिर्गौलाजस्ता अंगमा पनि क्यान्सरको खतरा बढी हुन्छ ।
अन्य असर सुर्तीजन्य पदार्थ सेवन गर्नेमा मस्तिष्कघातको सम्भावना दुईदेखि चारगुना बढी हुन्छ ।
सुर्तीजन्य पदार्थ सेवन गर्नेमा दमबाट मृत्यु हुने सम्भावना १२ देखि १३ प्रतिशत हुन्छ ।
महिलाले सुर्ती सेवन गरे बाँझोपन, पटक–पटक गर्भपतन हुने, वजन कम भएको बच्चा जन्मने, बच्चाको अचानक मृत्युको सम्भावना हुन्छ ।
हड्डी कमजोर भई सामान्य ठक्करबाट पनि हड्डी भाँचिन सक्छ ।
चुरोट छोड्दा हुने फाइदा
चुरोट सेवन बन्द गर्नेबित्तिकै हृदयाघात र मस्तिष्कघातको सम्भावना कम हुँदै जान्छ ।
क्यान्सर र फोक्सोसम्बन्धी रोगको सम्भावना कम गराउँछ ।
केही अध्ययनले चुरोट छोडेको १० वर्षमा हृदयाघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै पनि सेवन नगरेको व्यक्तिजस्तै हुने देखाएको छ ।
केही हप्तामा नै थकाइ कम भएको महसुस हुँदै जान्छ ।
रक्तसञ्चारमा सुधार भएर हिँडडुलमा सजिलो महसुस हुन्छ ।
स्वाद र सुँघ्ने क्षमतामा सुधार भई खाना बढी रुचाउँछ ।
शरीरबाट चुरोटको दुर्गन्ध आउँदैन र श्वासको गन्ध पनि राम्रो हुन्छ ।
चुरोटको धुवाँले खानेलाई मात्र नभएर अरूलाई समेत हानि पुर्याउने हुँदा चुरोट बन्द गर्दा अरूको स्वास्थ्यमा पनि फाइदा पुग्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण