क्याल्सियम नपुगे के हुन्छ बच्चालाई ?
आइतबार, १९ मङ्सिर २०७३, १० : ३६
हाडजोर्नीको विकास र मजबुतीका लागि जुनकुनै व्यक्तिलाई उमेरअनुसार क्याल्सियम जरुरत पर्छ । तर, बढ्दो उमेरका बच्चालाई क्याल्सियमको जरुरत झन् बढी हुन्छ । केटाकेटी उमेरमा क्याल्सियम अभाव भयो भने गम्भीर समस्या निम्तिन सक्छन् । बच्चालाई क्याल्सिमय नपुगे के हुन्छ भन्ने प्रश्नमा हाडजोर्नी विशेषज्ञ प्रा.डा. गणेश गुरुङ भन्छन्ः -
-बढ्ने उमेरका केटाकेटीमा क्याल्सियमको कमी भयो भने समस्या देखिने हाडजोर्नीमै हो । सुरुमा बच्चाको हातगोडा दुख्ने समस्या देखिन सक्छ । केटाकेटीमा देखिने यस्तो समस्यालाई बढ्दो उमेरको समस्या अर्थात् ग्रोइङ पेन भनिन्छ । खेल्ने उमेरका बढी चुलबुले तथा एक्टिभ बच्चाहरूमा यस्तो समस्या बढी देखिन्छ । जुन बच्चा बढी खेल्ने तथा शारीरिक सिक्रियतामा रहन्छ उसैलाई क्याल्सियम बढी आवश्यक पर्छ ।
-बच्चाको शारीरिक वृद्धिसँगै उसका हड्डीहरूको विकास पनि उही दरमा हुनुपर्छ । तर, क्याल्सियमको कमी भए हड्डी विकासमै समस्या पर्न सक्छ । यस्तो गडबडीले हाडजोर्नी दुख्छ । बच्चाको हाडजोर्नीको विकास र मजबुतीमा नियमित मालिसको पनि ठूलो भूमिका हुन्छ । नियमित तेल मालिस गर्दा उनीहरूको जोर्नी दुखाइमा पनि राहत मिल्छ । -
-त्यसो त, जोर्नी र हाड दुख्दैमा क्याल्सियमको अभावले नै भएको नहुन सक्छ । बाथले पनि दुखाइ निम्त्याउन सक्छ । यस्तो समस्या कसैको हकमा आफँै ठीक भएर जान्छ भने कसैलाई औषधि नै दिनुपर्ने हुन्छ । वेलैमा चिकित्सकलाई देखाउँदा यसबारे निश्चित हुन सकिन्छ । बच्चाको दुखाइ ढाडको छ भनेचाहिँ विशेष ध्यान दिनुपर्छ । बच्चामा ढाड दुख्ने मुख्य कारण ‘प्याथोलोजिकल’ समस्याले हुन्छ । कसैको ढाडको हड्डी स्लिप भइदिएर तथा कसैको जन्मिँदै हड्डीमा समस्या भएर ढाड दुख्ने गरेको हुन सक्छ । जन्मिँदै देखिएको समस्या ट्युमर पनि हुन सक्ने भएकाले विशेषज्ञको सल्लाह लिन ढिला गर्नु हुँदैन । तर, बढ्दै गरेको बच्चामा हड्डी तथा जोर्नीमा समस्या देखिने अधिकांश कारण भने क्याल्सियमको कमीले नै हो ।
-केटाकेटीलाईलाई उमेरअनुसार क्याल्सियम आवश्यक पर्छ । ६ महिनामुनिको बच्चालाई प्रतिदिन दुई सय मिलिग्राम, ६ महिनादेखि एक वर्षसम्मको बच्चालाई दुई सय ६० मिलिग्राम, एकदेखि तीन वर्षसम्मको बच्चालाई प्रतिदिन सात सय मिलिग्राम क्याल्सियम चाहिन्छ । चारदेखि आठ वर्षसम्मको बच्चालाई प्रतिदिन हजार मिलिग्राम र नौदेखि १३ वर्षसम्मको बच्चालाई प्रतिदिन एक हजार तीन सय मिलिग्राम क्याल्सियम आवश्यक पर्छ । बच्चालाई विभिन्न खानेकुराबाट क्याल्सियमको मात्रा पूर्ति गर्न सकिन्छ । दूध, दही, चिजमा क्याल्सियमको मात्रा सबैभन्दा राम्रो पाइन्छ । सुन्तलाको जुस, चकलेट मिल्क, चिप्ले भिन्डी, ब्रोकाउली, बदाम, माछालगायतमा पनि क्याल्सियमको मात्रा धेरै हुन्छ । बच्चाको उमेरअनुसार यस्ता खानामा जोड दिनुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याइयो
-
चिया क्षेत्रको अध्ययन प्रतिवेदन मन्त्रीलाई बुझाइयो, भारतको अवरोध समाधानमा जोड
-
अमेरिकी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा एक महिला पक्राउ
-
विपद् सम्बन्धी जानकारी र उद्धारका लागि नयाँ टोल फ्री नम्बर सञ्चालनमा
-
गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन, तस्बिरहरू
-
‘गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री बालेनले राष्ट्रकै तर्फबाट माफी माग्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण