बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

२ दिनपछि बाबुराम भट्टराईले आफ्नै टोपी भेट्टाए...

मङ्गलबार, १९ पुस २०७३, १४ : ३८
मङ्गलबार, १९ पुस २०७३

काठमाडौं –  पुस १७ गते स्वर्तस्फूत रुपमा मनाइएको टोपी दिवसको आलोचना गरेका नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराई सामाजिक सञ्जालमा आफै आलोचनाको शिकार बने । आलोचना बढेपछि उनले आफ्नो बचाउमा उत्रिएका छन् ।

टोपी दिवसको दुई दिनपछि उनले सामाजिक सञ्जालमार्फत टोपी र बाबुराम भट्टराईको जन्मजात साइनो भएको बताएका छन् ।

बुधबार बिहान १० बजे बाल्यकालमा खिचिएको टोपी लगाएको फोटो आफ्नो ट्वीटर एकाउन्टमा राख्दै भट्टराईले आफूलाई टोपी बिरोधी भन्नु तर्कसंगत नभएको दाबी गरेका छन् ।

टोपीलाई एकल संस्कृतिको प्रतिक भन्दै जनवरी १ तारिखका दिन ब्याङ्गात्मक ट्वीट गरेका भट्टराईले सामाजिक सञ्जालमा आफ्नो चर्को बिरोध भएपछि बचाऊमा उत्रिएका हुन् ।

भट्टराईले ‘टोपी दिवस रे’ भन्दै व्यङ्गात्मक पारामा संविधान र राष्ट्रियगानमा समेत बहुजाती र बहुसाँस्कृतिक स्वीकारोक्ति भएको देशमा एकल संस्कृतिको कति जायज भन्दै प्रश्न गरेका थिए ।

भट्टराईको ट्वीटको कपी सामाजिक सञ्जालमा उनको बिरोध गर्दै भाइरल भएको थियो । उनको भनाईको बिरोधमा अनलाइन मिडियाहरुमा लेख नै प्रकाशित भएपछि उनले बुधबार सफाई दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप