चिनियाँ ट्राभल एजेन्सीको अफर : १ लाख तिर्नुहोस्, उपराष्ट्रपतिलाई भेट्नुहोस् !
काठमाडौँ – तपाइँलाई राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन वा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न मान लाग्यो भने भेट पाउन कति सजिलो होला ?
पक्कै पनि गाह्रो हुन्छ । देशकै विशिष्ट पदमा आसिनहरुलाई औपचारिक कार्यक्रमबाहेक भेट्न गर्न पाउनु कुनै चानचुने कुरा होइन ।
तर, एक चिनियाँ कम्पनीले भने एक लाख नेपाली रुपैयाँ तिरे आफ्ना देशका नागरिकलाई नेपालका उपराष्ट्रपतिसँग भेट गराउने अफर सार्वजनिक गरेको छ ।
[caption id="attachment_41436" align="alignleft" width="840"] उपराष्ट्रपति नन्दबहादुर पुन[/caption]अहिले यो अफर चीनमा ‘वि च्याट’ मा निकै चर्चित बनेको छ ।
यो मेसेज आफ्नो विच्याटमा पाएका चीन मामिलामा जानकार मानिने पत्रकार किशोर श्रेष्ठले फेसबुकमा लेखेका छन्,
कतिसम्म हेप्न सकेका हामीलाई,सवा लाख तिरेर नेपाल घुम-नो अल्टिच्युड,न हिमपात । ७४९९ युआन (चिनियाँ मुद्रा) को प्याकेजभित्र नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन'पासाँग' सँग भेटघाटको ज्ञारेण्टी ! के हाम्रा बिशिष्ट ब्यक्तित्वहरु बिकाउ माल हुन् यसरी मनलाग्दी नाम बेच्नलाई ? सरकारी निकायले हेर्नुपर्दैन यस्ता बिक्रिति ?
छेन्दुमा रहेको ताहाल होलिडे नामक एजेन्सीले विच्याटमा पठाइएको लिंकमा ९ दिनको नेपाल भ्रमणका लागि ७४९९ युवान लाग्ने र नेपालका उपराष्ट्रपतिका साथै पर्यटनमन्त्री र अन्य नेताहरुलाई भेट गराउने अफर दिइएको छ ।
यसबारेमा उपराष्ट्रपति कार्यालयको प्रतिक्रिया आउन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण