ईलामको चिया विदेश निर्यात गर्न महँगो
इलाम - यहाँका कृषकको अर्थोपार्जनको मुख्य नगदेबाली चिया विदेश निर्यात गर्दा निकै महँगो मूल्य तिर्नु परिरहेको छ ।
नेपाली चिया विदेशी बजारमा मुस्किलले मात्र पुग्ने गरेको छ । नेपाली चिया विदेश निर्यात गर्दै आएका व्यापारीले एक किलो चिया विदेशी बजारमा पु¥याउन निकै महँगो मूल्य तिरिरहनुपरेको गुनासो गरेका छन् ।
चिया निर्यातमा महँगो कार्गो भाडाले अधिकांश उद्योगीलाई कायल बनाइरहेको इलामका उद्यागी÷व्यवसायी बताउँछन् । प्रतिकिलो रु ९०० सम्म तिर्नुपरिरहेको उद्योगी तथा व्यापारीले बताएका छन् । तयारी चिया अमेरिका वा जर्मन निर्यात गर्नका लागि नौ डलरसम्म कार्गो भाडा तिर्नुपरिरहेको चिया उद्योगी ज्योति अधिकारी बताउँछन् ।
“मैले भर्खरै २० किलो चिया विदेश पठाएँ,” उनले भने – “रु तीन हजारको चिया रु ९०० भाडा खर्चेर पठाउनुप¥यो ।” थोरै चिया निर्यात गर्दा बढी रकम लाग्ने गरेको छ । धेरै चिया निर्यात गर्दा भने पाँच डलर जति मात्रै पर्ने व्यवसायी बताउँछन् ।
कतिपय देशबाट थोरै मात्र चियाको माग आउने गरेको छ । त्यस्ता खरिदकर्ताका लागि चिया निर्यात गर्दा बढी रकम लाग्ने गरेको उद्योगी बताउँछन् । “कोही थोरै–थोरै चिया माग गर्ने व्यापारी पनि हुन्छन्,” अधिकारीले भने – “थोरै माग्नेलाई पठाउँदा भाडा महँगो पर्छ ।” थोरै चिया एयर कार्गोमार्फत विदेश पुग्छ । एयर कार्गोका लागि बढी मूल्य तिर्नुपरेको साना उद्यमीको गुनासो छ ।
थोरै चिया निर्यातका लागि पनि उति नै प्रक्रिया पूरा गर्नुपर्छ । एकपटक चिया निर्यातका लागि कागजात पु¥याउन तीन÷चार दिन लाग्ने उद्योगी व्यवसायी बताउँछन् । किसानले थोरै परिमाणको चिया हुलाकमार्फत निकासीको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् । भारतलगायत चिया निर्यात गर्ने देशले चिया निर्यातमा त्यस्तो मूल्य छुट दिने गरेको चिया विज्ञ बताउँछन् ।
सरकारले केही खेतीबालीका लागि सहुलियतमा ऋणको व्यवस्था गरे पनि चिया खेतीलाई त्यस्तो सहुलियत नभएको केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्द दाहाल बताउँछन् । “ग्रामीण स्वावलम्बन कोषमार्फत सहुलियत दरमा ऋण लगानी हुन्छ”, उनले भने – “त्यो रकम वित्तीय संस्थाहरूले मात्रै परिचालन गर्न पाउँछन्, सहकारीले पनि सो रकम लिएर परिचालन गर्न पाउने व्यवस्था हुनुपर्छ ।”
बैंकहरूले चियालाई ऋण नदिँदा चिया खेती विस्तारमा प्रभाव परेको दाहालको भनाइ छ । चिया खेतीबाट उत्पादन लिन निकै समय पर्खिनुपर्ने जानकारी दिँदै उनी भन्छन् – “ऋण लिएको अर्को महिनादेखि किस्ता तिर्नलाई उत्पादन सुरु भएकै हुँदैन, त्यसैले चिया खेतीमा लगाइएको ऋणलाई लगानीका रूपमा हेरिनुपर्छ ।”
तरकारीलगायत विभिन्न बालीको बिमा सुरु भए पनि नगदेबालीको बिमा नभएकाले समस्या भइरहेको किसानको गुनासो छ । मुस्किलले उत्पादन गरेको बिक्रीका लागि विदेश पठाउनु पर्दा पनि चियाको मूल्यको एक तिहाइ रकम ढुवानी भाडामा खर्चनु परिरहेको उद्योगीको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण