काम प्रभावकारी बनाउन निर्देशन : नारायणगढ–मुग्लिन सडकखण्ड थप आधा घन्टा बन्द
चितवन - नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारमा ढिलाइ भएको भन्ने समाचार आएपछि स्थानीय प्रशासनले सडक अनुगमन गरी थप आधा घन्टा सडक रोकेर काम प्रभावकारी बनाउन १३ बुदे निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन गरिएपछि हरेक दिन बिहान १०ः३० देखि दिउँसो तीन बजेसम्म सडक बन्द गरेर काम गर्न निर्देशन दिइएको हो । यसअघि ११ देखि ३ बजेसम्म मात्र सडक बन्द गरेर काम गर्ने गरिन्थ्योे ।
त्यसैगरी अत्यावश्यकको नाममा धेरै सवारी साधन बन्दका समयमा समेत छोडिएकामा आजदेखि एम्बुलेन्स मात्र छाडिने भएको छ, जसका कारण कामका बेलामा अवरोध कम हुने भएको छ ।
रोकिएका सबारीसाधनलाई क्रमशः मोटरसाइकल, साना सवारी, बस, ट्रक र कम गतिका अन्य सवारीलाई प्राथमिकताका आधारमा छाडिने निर्णयसमेत प्रशासनले गरेकाले यात्रुबाहक सवारी साधन धेरै समय लाइनमा बस्नु नपर्ने भएको छ । ठूला कन्टेनरलाई रातको १२ बजेदेखि बिहान ४ बजेसम्म मात्र चल्न दिइने भएको छ ।
यसैगरी नारायणगढ–मुग्लिन सडकखण्ड भित्र कुनै सवारी साधन बिग्रिएमा २० मिनेटभित्र हटाउन सम्बन्धित ठेकेदारलाई एक/एक थान स्काभेटर र पावरटेलर राख्न लगाइएको छ । सडकमा खाल्डाखुल्डी र धुलो बढी उडेपछि नियमित पानी हाल्न र खाल्डाखुल्डी सम्याउन ठेकेदारलाई निर्देशन दिइएको छ ।
जीर्ण सडकमा दुर्घटना हुन सक्ने भएकाले ४० थान ट्राफिक सङ्केत र १० वटा घुम्तीमा कन्भेक्स लेन्स तत्काल जडान गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी, नारायणप्रसाद भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण