बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

विमान दुर्घटनामा खेलाडी गुमाएको च्यापेकोएन्सेले २० नयाँ खेलाडी किन्ने

बुधबार, २० पुस २०७३, १० : १७
बुधबार, २० पुस २०७३

रियो – विमान दुर्घटनामा टोलीका अधिकांश सदस्य गुमाएको ब्राजिलियन फुटबल क्लब च्यापेकोएन्सेले अर्को सिजनका लागि २० जना नयाँ खेलाडी किन्ने भएको छ ।

तर, पूराना खेलाडीले लगाएको जर्सीको नम्बर भने नयाँ खेलाडीलाई प्रदान नगरिने भएको छ ।

कोपा सुडाअमेरिकाना प्रतियोगिताको फाइनल खेल खेल्न जाने क्रममा गत नोभेम्बरमा भएको विमान दुर्घटनामा क्लबका १९ खेलाडी र कोचिङ स्टाफको मृत्यु भएको थियो ।

क्लबलाई उक्त प्रतियोगिताको विजेता घोषणा गरिएको थियो भने प्रतिद्वन्द्वी एथ्लेटिको न्यासियोनाललाई फेयर प्लेको उपाधि दिइएको थियो ।

‘नयाँ खेलाडी किन्न हामीले धेरै ऋण लिएका छौँ,’ क्लबका निर्देशक रुइ कोस्टाले भने, ‘यसका लागि धेरै क्लबहरुले सहयोग गरिरहेका छन् ।’

दुर्घटनामा डिफेन्डर नेटो र एलान रुस्चल बाँचेका थिए । उनीहरु फेरि टोलीमा फर्कने कोस्टाले बताए । रिजर्भ गोलकिपर ज्याकसन फोलम्यान पनि दुर्घटनामा बाँचे पनि उनको खुट्टा काट्नुपरेको थियो ।

क्लबले शुक्रबारबाट प्रिसिजन प्रशिक्षण शुरु गर्दैछ । नयाँ घरेलु सिजन २६ जनवारीबाट शुरु हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप