बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

बढ्दैछ सिड्नी आसपास डुबेर मृत्यु हुनेको संख्या : ११ दिनमा दुई नेपालीसहित १७ को मृत्यु

बुधबार, २० पुस २०७३, ११ : २०
बुधबार, २० पुस २०७३

सिड्नी – क्रिसमसदेखि बुधबारसम्ममा अस्ट्रेलियाको न्युसाउथ वेल्स राज्यमा डुबेर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

यसरी डुबेर मृत्यु हुने घटना चर्चित सिड्नीको तटीय क्षेत्रदेखि ग्रामिण वाटर होल र स्वीमिङ पुलसम्ममा देखिएको छ ।

घटनामा मृत्यु हुनेमा ३ जना नाबालकदेखि १४ वर्षीय किशोरसमेत रहेका छन् ।

तथ्यांक हेर्दा यस राज्यमा डुबेरभन्दा सडक दुर्घटनामा मानिसहरुले धेरै ज्यान गुमाउने देखिएपनि क्रिसमस यता देखिएको डुबेर मर्नेको संख्याले अधिकारीहरु चिन्तित देखिएका छन् ।

न्युसाउथ वेल्सको सर्फ लाइफ सेभिङका अनुसार यो संख्या अझै बढ्न सक्छ ।

‘यो डिसेम्बर–जनवरी महिनामा यो संख्या निकै बढ्ने आशंका छ,’ प्रवक्ता डोना विसार्टले बताएकी छिन् ।

मृत्यु हुनेको टाइमलाइन

२५ डिसेम्बरः २७ वर्षीय सुजन अधिकारीको सिड्नीबाट दक्षिणमा रहेको रोयल नेसनल पार्कको लगुनमा पौडी खेल्ने क्रममा मृत्यु

२६ डिसेम्बर २३ महिनाका चार्ली मनागोको स्वीमिङ पुलमा डुबेर मृत्यु ६० वर्षीय जेफरी ब्लाकल्याडरको परिवारका सदस्यलाई बचाउने क्रममा मृत्यु ५६ वर्षीय वेइबिन डुवान २७ वर्षीय सुजन शर्माको सिड्नीको दक्षिणमा रहेको पिक्निक ग्राउण्ड नजिकै डुबेर मृत्यु

२७ डिसेम्बर २५ वषीय मोहमद अमिनी हाज्मा ८३ वषीय नाम नखुलेका व्यक्ति

२८ डिसेम्बर ६४ वर्षीय नाम नखुलेका व्यक्तिको बेयरन बेमा डुबेर मृत्यु

२९ डिसेम्बर बहिनी चार्लीको मत्यु भएको तीन दिनपछि रोबी मानागोको पनि मृत्यु

३० डिसेम्बर २७ वर्षीय आदन खान अल्फ्रिदी ४२ वर्षीय पिटर अबद एल काडुस १४ वर्षीय तुइ गालाहर ४६ वर्षीय नाम नखुलेका व्यक्ति

१ जनवरी २ वर्षीय बालिकाको मृत्यु ४४ वर्षीय व्यक्तिको मृत्यु

२ जनवरी ८३ वर्षीय रिचर्ड गि

४ जनवरी ८० वर्षीय एक व्यक्ति मृत फेला

यसअघि दुई जनाव्यक्तिको मृत्यु भएको बताइएकोमा उनीहरुको अन्य कारणले मृत्यु भएको खुलेको थियो ।

सर्फ लाइभ सेभिङकी प्रवक्ताका अनुसार पछिल्लो समय बढेको गर्मीका कारण धेरै दुर्घटना भएको बताइन् । उनका अनुसार तटीय क्षेत्रमा दुर्घटनाको संख्या पछिल्लो वर्ष सरह नै रहे पनि स्वीमिङ पुललगायत क्षेत्रमा हुने दुर्घटना बढेको बताइन् ।

दुई नेपाली विद्यार्थीको डुबेर मृत्यु भएको घटनालाई निकै गम्भिरता पूर्वक लिएको रोयल लाइफ सेभिङ सोसाइटीका जस्टिन स्कारले बताए । उनका अनुसार दुवै राम्रो पौडिबाज नभएको पत्ता लागेको बताए । उनले भने, ‘उनीहरुको देशमा अस्ट्रेलियाको तुलनामा डुबेर मृत्यु हुनेको संख्या धेरै छ । उनीहरुलाई यसबारे शिक्षा दिन र सुरक्षा उपायको जानकारी दिन आवश्यक रहेको छ ।’

रक्सी मुख्य कारक

गत हप्ता सिड्नी हेराल्डमा प्रकाशित रिपोर्टमा पछिल्लो समय डुबेर मरेका ७७० जना मध्ये ४० प्रतिशतले रक्सी पिएको पाइएको थियो । त्यसमा पनि ८३ प्रतिशत पुरष रहेको पनि पाइएको थियो । स्कारका अनुसार रक्सी खाएर पानीमा जाँदा त्यसले झन् धेरै दुर्घटना निम्ताएको बताए ।

यसरी दुर्घटना बढ्न थालेपछि सुरक्षाको उपाय सुद्धृत बनाउन सरकारलाई दबाब बढेको छ । यसो त सरकारले पानीजन्य दुर्घटना रोक्न ११ मिलियन अस्ट्रेलियाली डलर छुट्याइसकेको छ ।

बिबिसीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप