फिलिपिन्समा ‘जेल–ब्रेक’ : गार्डको हत्या गरी १५० भन्दा बढी कैदी भगाइए
मनिला – फिलिपिन्सको दक्षिणी भागमा रहेको जेलबाट १ सय ५० जनाभन्दा बढी कैदी भागेका छन् । बन्दुकधारीहरुले जेलमा आक्रमण गर्दै एक गार्डको हत्या गरी कैदीहरुलाई भगाएका हुन् ।
सरकारी अधिकारीहरुले आक्रमणकारी इस्लामी चरमपन्थी समूहसँग आबद्ध भएको हुन सक्ने अनुमान गरेका छन् ।
क्रिस्चियन क्याथोलिकको बाहुल्यता रहेको फिलिपिन्सको दक्षिणी भागमा दशकौँदेखि इस्लामी चरमपन्थी समूहले अलग राष्ट्रको माग गर्दै सशस्त्र युद्ध गरिरहेका छन् ।
त्यस क्षेत्रमा मोरो इस्लामिक लिबरेसन फ्रन्ट र अबु सायफजस्ता विद्रोही समूहहरु सक्रिय रहेका छन् ।
बुधबार बिहान किडापावान सहरमा रहेको नर्थ कोटाबाटो डिस्ट्रिक जेलमा बन्दुकधारीहरुले आक्रमण गरेका थिए ।
घटनामा एक कैदी पनि घाइते भएको खबर छ ।
जेल अधिकारीहरुका अनुसार भिडन्तको क्रममा कैदीहरु भाग्न सफल भएका हुन् । उनीहरुले आफ्नो खाटको थाक बनाएर पर्खाल चढेर भागेको बताइएको छ ।
अधिकारीहरुका अनुसार जेलमा रहेका विद्रोही समूहका लडाकुहरुलाई छुटाउन आक्रमण गरिएको थियो । जेलमा १५ सय जना रहेका थिए ।
प्रहरी र सेनाले भागेकाहरुको खोजी तीव्र बनाएको छ । भागेकामध्ये ६ पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण