नयाँ वर्षमा सडकमा नै युवतीहरुमाथि सामूहिक यौनहिंसा : मन्त्रीले भने, ‘पश्चिामा पहिरनको असर’
बैंगलोर – नयाँ वर्षको पूर्व सन्ध्या बैंगलोरको सडकमा युवतीहरुमाथि भएको सामूहिक छेडखानी र यौनहिंसाको मामिला यतिबेला भारतमा ठूलो बहसको विषय बनेको छ । महिलामाथि हुने बलात्कार, हिंसा र उत्पीडन बढेको विषयमा यसअघि नै बहस हुँदै आएको थियो ।
पछिल्लो घटनामा एक मन्त्रीले युवतीहरुले पश्चिामाहरुले लगाउने पहिरनका कारण घटना भएको टिप्पणी गरेपछि त्यसको निकै आलोचना भइरहेको छ ।
रिपोर्टका अनुसार शनिबार राती युवतीहरुमाथि युवाहरुको समूहले सडकमा नै छेडखानी गर्दै उनीहरुको शरीरलाई जबर्जस्ती छुने लगायतका कार्य गरेका थिए ।
बैंगलोरको स्थानीय मिडियामा प्रकाशित फोटोहरुमा युवतीहरु रुँदै प्रहरी समक्ष पुगेको देखिएको थियो ।
प्रहरीका अनुसार हालसम्म यसबारे कुनै उजुरी दर्ता नभए पनि त्यस रातको सिसिटीभी फुटेज अध्ययन भइरहेको छ ।
कर्नाटकाका गृहराज्य मन्त्री जि परमेश्वराले युवाहरुले पश्चिमा संस्कृतिलाई गलतरुपमा पछ्याएर घटना भएको टिप्पणी गरे । उनले युवाहरुले पश्चिमाहरुको शैली र पहिरन पछ्याएकोमा आपत्ति प्रकट गर्दै यसले गर्दा नै यस्ता घटना घट्ने गरेको बताए ।
मन्त्रीको टिप्पणीपछि यसको विरोध शुरु भएको छ । नेसनल कमिसन फर वुमनकी प्रमुख ललिथा कुमारामंगलमले मन्त्रीले देशका सबै महिलासँग माफी माग्दै राजीनमा दिनुपर्ने माग गरिन् । अर्का मन्त्री केरिन रिजिजुले मन्त्रीको टिप्पणी गैर जिम्मेदारपूर्ण भएकी बताइन् ।
शनिबार १० हजार देखि १२ हजारको संख्यामा मानिसहरु नयाँ वर्ष मनाउन घटना भएको महात्मा गान्धी सडक र ब्रिगेड सडकमा जम्मा भएका थिए । त्यहाँ १५ सय परिचालन भएको भए पनि उनीहरु महिलामाथि भएको यौनजन्य हिंसा रोक्न असफल देखिए ।
एक प्रत्यक्षदर्शीका अनुसार त्यहाँ महिलाहरुमाथि खुलेआम छेडखानी भइरहेको थियो ।
स्थानीय फोटोग्राफर चैताली वास्निकले आफ्नो फेसबुकमा लेख्दै घर फर्कने क्रममा आफूलाई पनि केही युवाहरुले गलत ढंगले छुन खोजेको बताएकी छिन् ।
भारतमा यसरी महिलामाथि हिंसा भए पनि समाजको डरले उनीहरुले उजुरी दर्ता गराउँदैनन् । प्रहरीले अब पीडितको घरमा पुगेर उजुरी लिने बताएको छ ।
साथै, कसैसँग घटनाको फोटो या भिडियो भए प्रहरीलाई पठाएर सहयोग गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण