नोटबन्दीमा असफल भए मोदी
नयाँ दिल्ली – नयाँ वर्षको पूर्व सन्ध्या भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गरे । यो सम्बोधनलाई निकै महत्वका साथ हेरिएको थियो । किनभने, ३० डिसेम्बरमा नोटबन्दीको ५० दिन पूरा भएको थियो ।
सबैको आशा थियो, नोटबन्दीजस्तो कडा फैसला लिने प्रधानमन्त्री मोदीले यस दिन कुनै ठूलो घोषणा गर्नेछन् । र, नोटबन्दीको सफलताको कथा सुनाउने छन् । नोटबन्दीको निर्णयबाट आघात पाएका सर्वसाधारणका लागि राहतको नयाँ घोषणा गर्नेछन् ।
तर, यस्तो केही पनि भएन । न उनमा नोटबन्दीको सफलताको कुनै उत्साह देखियो न उनको सम्बोधनमा कालो धन फर्काएको सफलताको कथा नै थियो । उनले सर्वसाधारणका लागि जे जति घोषणा गरे, त्यो कुनै खास नयाँ थिएन, कुनै रणनीतिक महत्वका थिएनन् ।
यसको अर्थ हो, मोदी कालोधनसँगको युद्धमा पराजित भएका छन्, जुन नोटबन्दीको मुख्य ‘टार्गेट’ थियो । नोटबन्दी पनि आफ्नो आशातित सफलता पाउनबाट चुक्यो ।
१. कहाँ गयो कालो धन ? गत ८ नोभेम्बरमा नोटबन्दीको घोषणा गर्दा उनले आफ्नो लक्ष्य कालोधन फिर्ता गराउने भएको बताएका थिए । त्यतिबेला देशमा ३–४ लाख करोड भारतीय रुपैयाँसम्म कालो धन रहेको बताइएको थियो । नोटबन्दीपछि इन्डिया रेटिङ एण्ड रिसर्चले आफ्नो रिपोर्टमा देशमा क्यास र जाली गरी ४ लाख करोड रुपैयाँ बराबरको कालो धन रहेको बताएको थियो ।
मिडिया रिपोर्टका अनुसार अहिलेसम्म लगभग १४ लाख करोड भारतीय रुपैयाँ बैंकमा जम्मा भइसकेको छ । जबकि ८ नोभेम्बरमा ५ सय र हजारको १५.४४ लाख करोड बजारमा रहेको रिपोर्टहरुमा बताइएको थियो । यस अनुसार उक्त रकममध्ये धेरै रकम जम्मा भइसकेको छ । तर, कालो धन फेला परेको छैन ।
यसको अर्थ कालो धन हुनेहरुले आफ्नो धनलाई सेतो बनाउन अन्य उपाय निकालिसकेका छन् । त्यही भएर भारत सरकार अहिले आएर यस विषयमा धेरै बोलिरहेको छैन । मोदीको पछिल्लो सम्बोधनमा कति कालो धन आयो भन्ने कुराको कुनै खुलासा गरिएन ।
२. आम जनतालाई के भयो फाइदा ?
नोटबन्दीको घोषणा गर्दा सरकारले यस कदमबाट आम जनतालाई धेरै फाइदा हुने दाबी गरेको थियो । तर, हालसम्म त्यस्तो कुनै फाइदा देख्न पाइएको छैन । पछिल्लो सम्बोधनमा मोदीले कयौँ वर्गका जनतालाई खुसी बनाउने प्रयास गरे । तर, त्यो नयाँ योजना थिएन, पूरानो कै पोलिसिङ मात्र थियो ।
३. सुन र रियल स्टेटमा कालोधन सुरक्षित
भारतको अर्थमन्त्रालय अन्तरगत रहेको थिंक ट्यांक नेशनल इन्सिटिच्युड एण्ड पोलिसी (एनआइपीएफपी) को तर्फबाट नोटबन्दीबारे पत्र प्रकाशित गर्दै कविता रावले १ हजार र ५ सयको नोट फिर्ता लिने बित्तिकै कालो धन पूरा समाप्त नहुने बताएकी थिइन् । रावका अनुसार कालो धन सुन र रियल स्टेटमा धेरै छ । त्यस्तै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा कालो धन ठूलो लगानी भएको बताइएको छ । सरकारले बेनामी सम्पत्ति कानुन बनाउने बताए पनि त्यो लागु नभएसम्म केही भन्न सकिने अवस्था छैन ।
४. अर्थतन्त्रमा ठूलो नुक्सान
पछिल्लो सम्बोधनमा मोदीले नवजात शिशुदेखि बृद्ध र किशानका लागि स–सानो राहतको प्याकेज घोषणा गरे पनि अर्थतन्त्रलाई फेरि लिकमा ल्याउने कुनै घोषणा गरेनन् । नोटबन्दी पछि भारतको अर्थतन्त्रको बृद्धिदर निरन्तर खस्किरहेको छ । यसलाई उठाउने योजना ल्याउन मोदीले पछिल्लो सम्बोधनमा केही भनेनन् ।
५. कुनै ठूलो नाम आएन
सरकारले कालोधनविरुद्ध यत्रो ठूलो युद्ध छेड्दा पनि कालो धन लुकाएको आरोपमा कुनै ठूलो नाम बाहिर आएन । यसको अर्थ देशका नेता र व्यवसायी असल छन् र उनीहरुसँग कुनै कालो धन छैन । तर, सायदै यसलाई कसैले विश्वास गर्लान् ।
एजेन्सीको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण