बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

चिनियाँ कम्पनीको ‘अफर’बारे छानविन गर्न उपराष्ट्रपतिको सरकारलाई ध्यानाकर्षण

बुधबार, २० पुस २०७३, १६ : ३८
बुधबार, २० पुस २०७३

काठमाडौँ – एक चिनियाँ ट्राभल कम्पनीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्न पाउन सहितको प्याकेज बनाएर पयर्टकहरुलाई नेपाल घुमाउने अफर गरेको समाचार सार्वजनिक भएपछि उपराष्ट्रपति कार्यालयले यसमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

चीनको छेन्दुमा रहेको भनिएको ताहाल होलिडे नामक ट्राभल कम्पनीले एक लाख नेपाल रुपैयाँ तिरे उपराष्ट्रपतिसहित नेपालका पर्यटन मन्त्रीले अन्य नेताहरुलाई भेटाउने प्याकेज सार्वजनिक गरेको थियो ।

[caption id="attachment_41436" align="alignleft" width="840"] उपराष्ट्रपति नन्दबहादुर पुन[/caption]

‘सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन ‘पासाङ’ज्यूको नाम जोडेर चिनियाँ एक ट्राभल कम्पनीले नेपाल भ्रमण सम्बन्धी प्याकेज कार्यक्रम बनाएको भनी विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तो थियो समाचार

चिनियाँ ट्राभल एजेन्सीको अफर : १ लाख तिर्नुहोस्, उपराष्ट्रपतिलाई भेट्नुहोस् !

विज्ञप्तिमा उपराष्ट्रपतिज्यूलाई जोडेर गलत प्रचार गरेको बारेमा गम्भीर अध्ययन तथा छानवीन गर्न नेपाल सरकार र काठमाडौंस्थित चिनियाँ दूतावासको गम्भीर ध्यानाकर्षण गराइएको बताइएको छ । त्यस्तै, सत्य तथ्य अध्ययन तथा आवश्यक छानवीन गर्न परराष्ट्र मन्त्रालय, बेईजिङस्थित नेपाली दूतावास र काठमाडौंस्थित चिनियाँ राजदूतावासको गम्भीर ध्यानाकर्षण गराईसकिएको बताइएको छ ।

प्रेस नोट

सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन ‘पासाङ’ज्यूको नाम जोडेर चिनियाँ एक ट्राभल कम्पनीले नेपाल भ्रमण सम्बन्धी प्याकेज कार्यक्रम बनाएको भनी विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । चीनको छेन्दुमा रहेको भनिएको ताहाल होलिडे नामक ट्राभल कम्पनीले सम्माननीय उपराष्ट्रपतिज्यूलाई जोडेर विच्याटमार्फत नेपाल भ्रमण सम्बन्धी प्याकेज कार्यक्रम सार्वजनिक गरेकोप्रति उपराष्ट्रपतिको सचिवालयको गम्भीर आपत्ति छ । नेपाल र चीनबीचको सम्बन्ध विशिष्ट प्रकारको र घनिष्ठ रहि आएको छ । दुई मुलूकबीचको सम्बन्ध जनस्तरसम्म प्रगाढ बन्दै गईरहेको परिस्थितिमा सम्माननीय उपराष्ट्रपतिज्यूलाई जोडेर गलत प्रचार गरेको बारेमा गम्भीर अध्ययन तथा छानवीन गर्न नेपाल सरकार र काठमाडौंस्थित चिनियाँ दूतावासको गम्भीर ध्यानाकर्षण गराईन्छ । साथै, यसबारेमा सत्य तथ्य अध्ययन तथा आवश्यक छानवीन गर्न परराष्ट्र मन्त्रालय, बेईजिङस्थित नेपाली दूतावास र काठमाडौंस्थित चिनियाँ राजदूतावासको गम्भीर ध्यानाकर्षण गराईसकिएको छ । ...................... (मनोज घर्तीमगर) प्रेस संयोजक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप