बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

चेल्सीको विजयी यात्रामा पूर्णविराम लगाउँदै स्पर्स तेस्रो स्थानमा

बिहीबार, २१ पुस २०७३, ०९ : २५
बिहीबार, २१ पुस २०७३

लण्डन – लगातार १४ खेल जितेर प्रिमियर लिगमा नयाँ इतिहास रच्ने होडमा रहेको चेल्सीको विजयी यात्रामा टोटनहम हटस्पर्सले पूर्णविराम लगाएको छ ।

बुधबार राती भएको खेलमा चेल्सी २–० गोलअन्तरले पराजित भएको थियो ।

जीतसँगै म्यान्चेस्टर सिटीलाई गोल अन्तरका आधारमा उछिन्दै स्पर्स लिगको तेस्रो स्थानमा उक्लिएको छ । स्पर्सलाई जित दिलाउन डेले अलीले प्रत्येक हाफमा एक–एक गोल गरे ।

उनको यो लिगमा नवौँ र दशौँ गोल थियो ।

चेल्सीका लागि एडिन हजार्डले दुई सुन्दर मौका खेर फालेका थिए ।

सन् २०१२ को अक्टोबरपछि चेल्सीले स्पर्सको घरेलु मैदानमा जित्न सकेको छैन । त्यसयता चेल्सी दुईमा बराबरी तथा दुईमा हार बेहोरेको छ ।

यता, स्पर्स यस सिजन आफ्नो घरेलु मैदानमा अपराजित रहेको छ । जसमा आठमा जीत र दुईमा बराबरी गरेको छ ।

अब स्पर्सले आइतबार एफए कपमा एस्टनभिल्लाको सामना गर्नेछ भने चेल्सीले पिटरब्रोको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप