बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

किर्तिमानबाट एक खेल टाढा रियल : सेभिया ३–० ले पराजित

बिहीबार, २१ पुस २०७३, ०९ : ४०
बिहीबार, २१ पुस २०७३

म्याड्रिड – स्पेनिस जाइन्ट रियल म्याड्रिडले कोपा डेल रे अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सेभियालाई पराजित गर्दै अपराजित यात्रालाई ३८ खेल पुर्याएको छ । बुधबार राती भएको खेलमा रियल ३–० ले विजयी भएको हो ।

अपराजित रहेको ३८ खेलमध्ये रियलले २९ खेल जितेको छ । ला लिगाको टोलीले बनाएको अपराजित यात्राको किर्तिमानबाट मात्र एक खेल टाढा रहेको छ ।

रियललाई जित दिलाउन हामेज रोड्रिगेजले दुई गोल गरे । आराम दिइएका क्रिस्टियानो रोनाल्डोको स्थानमा बिरलो शुरुवात पाएका रोड्रिगेजले त्यसको भरपुर फाइदा उठाए ।

राफायल भारनले पनि अर्को एक गोल थपे पछि आगामी जनवरी १२ मा हुने दोस्रो लेगअघि रियलले खेलमा नियन्त्रण बनाउन सफल भएको छ ।

निकै व्यवस्त कार्यतालिका रहेको रियलले अब ११ हप्तामा २१ खेल खेल्नेछ ।

आफ्नो नियमित फरवार्ड लाइन बिबिसी – करिब बेन्जेमा, गेराथ बेल र रोनाल्डो बिना रियलले लगातार दोस्रो पटक घरेलु मैदानमा खेल खेलेको हो । बेल घाइते रहेका छन् भने बेन्जेमालाई खेलमा प्रयोग गरिएन ।

यसअघि खेलमा समय नपाएका रोड्रिग्वेजले जनवरीमा क्लब छाड्न सक्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप