बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

प्रहरी नै ग्राहक बनेर नक्कली सर्टिफिकेट बनाउने साईबर पसेपछि...

बिहीबार, २१ पुस २०७३, १० : ०४
बिहीबार, २१ पुस २०७३

काठमाडौं–बैदेशीक रोजगार ठगको गोजीमा भेटिएको एसएलसीको सर्टिफिकेटमाथि अनुसन्धान गर्दै जाँदा प्रहरीले नक्कली सर्टिफिकेट बनाउने कारखाना नै फेला पारेको छ ।

गत सोमबार महानगरीय अपराध महाशाखाले गोरखा भिरकोटका राम बहादुर बानियाँको उजुरीको आधारमा कास्की चापाकोटका यम भन्ने ऐन बहादुर थापामगरलाई पक्राउ गरेको थियो । ऐन बहादुरले बानियाँयालाई रोजगारीका लागि दुवई पठाईदिन्छु भन्दै ९८ हजार ५ सय ठगेर सम्पर्कविहीन भएका थिए ।

‘काठमाडौंको जमलबाट बैदेशीक रोजगार ठगी प्रकरणमा समातिएका ऐन बहादुरको गोजी खानतलासी गर्दा एसएलसीको सर्टिफिकेट भेटियो’ महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सर्वेन्द्र खनालले भने, ‘त्यसपछि हामीले सर्टिफिकेट बारे सोधपुछ गर्दा सामाखुसीको एक साईबरमा बनाएको खुल्न आयो ।’

साईबारवाटै सर्टिफिकेट बनाएको ऐनबहादुरको बयानबाट खुलेपछि अपराध महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोली ग्राहक बनेर काठमाडौंको सामाखुसी रानिबारीस्थित ‘आईटी भेट टेक्नोलोजी प्रा.ली’ नामक साइबरमा पुगेको थियो ।

निज ऐन बहादुरलाई साथमै लिएर पुगेका प्रहरी अधिकारीलाई साइबरमा काम गर्ने भगवान भण्डारीले एसएलसीको सर्टिफिकेट बनाएको एक हजार लाग्ने जानकारी दिए ।

भगवानले प्रहरीकै सामुन्ने एकहजार पैसा लिने शर्तमा दुरुस्तै देखिने एलएलसीको सर्टिफिकेटको प्रिन्ट निकालेर सहि छाप गरिदिए ।

यसरी नक्कली सर्टिफिकेट बनाउने कार्यमा संलग्न भगवान भण्डारी र साइबर सञ्चालक विकास रम्तेललाई प्रहरीले रंगेहात पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

प्ररम्भिक अनुसन्धानका क्रममा उक्त साइबरमा बैदेशीक रोजगारीमा जान तथा अन्य प्रयोजनका लागी आउने ब्यक्तिहरुलाई आवश्यकता अनुसार एसएलसी, उच्च माध्यमिक शिक्षा परिषद्, त्रिभुवन विश्वविद्यालयको ब्याचलर लेभलका ट्रान्सक्रिप्ट तथा क्यारेक्टर सर्टिफिकेट अवैध रुपमा बनाउने गरेको महाशाखाले जनाएको छ ।

यसरी नक्कली सर्टिफिकेट तयार हुने साईबरबाट प्रहरीले टोखा नगरपालिकाको लेटरप्याड, विभीन्न एम्बेसीहरुको लेटर प्याड तथा शिक्षा मन्त्रालयबाट जारी भएको ‘नो अब्जेक्सन लेटर समेत’ बरामद गरेको छ ।

पक्राउ परेका ब्यक्तिहरुमाथि ठगी तथा सरकारी छाप दस्तखत मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप