पत्रपत्रिकाहरुलाई भेदभावपूर्ण वर्गीकरण गरेको भन्दै संचारमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं - सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले ‘भेदभावपूर्ण वर्गीकरण विरुद्ध संघर्ष समितिद्वारा प्रस्तुत तीन बुँदे ज्ञापन पत्र बुझ्दै यसबारे आवश्यक कदम चालिने आश्वासन दिएका छन् ।
मन्त्री कार्कीले संघर्ष समितिको माग सकारात्मक भएको भन्दै आज भोलिनै सत्यतथ्य बुझेर कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए । गलत गर्ने जुनसुकै व्यक्तिलाई कानुनी दायरमा ल्याउने मन्त्री कार्कीले बताए ।
दैनिक पत्रिका राष्ट्रिय सञ्जालका अध्यक्ष तथा ‘भेदभावपूर्ण वर्गीकरण विरुद्ध संघर्ष समिति’का संयोजक जेपी गुप्ता मायालुले सूचना तथा संचार मन्त्रीलाई तीन बुँदे ज्ञापन पत्र बुझाउँदै माग पुरा गर्नका लागि आग्रह गरेका हुन् । उनले आर्थिक
वर्ष २०७१/०७२ को वर्गीकरणको नतिजा खारेज, काउन्सिलमा रहेका पदाधिकारीहरुको राजीनामा र वर्गीकरणमा सामेल केही कर्मचारीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने पनि बताए ।
देशभरबाट प्रकाशित हुने दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रपत्रिकाहरुलाई काउन्सिलले अत्याचार गरेर प्रतिशोधको भावनाले नतिजा प्रकाशन गरेकोमा खेद व्यक्त गर्दै कारबाहीको प्रक्रिया अगाडि बढाउन मन्त्रीसँग उनले आग्रह गरे ।
त्यसैगरी भेदभावपूर्ण वर्गीकरण विरुद्धको संघर्ष समितिका सह–संयोजक भरत लामिछानेले काउन्सिलको गैर जिम्मेवारीका कारण पत्रकारहरु आन्दोलनमा उत्रन बाध्य भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण