मोर्चासहित सत्तारुढ दलको बैठक बस्दै
काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन बिद्येयकलाई अघि बढाउने बिषयमा सहयात्री कांग्रेस र मधेसी मोर्चासँग छलफल गर्ने भएका छन् ।
त्यसका लागि प्रधानमन्त्रीले आजै दिउँसो तीन बजे माओवादी केन्द्रका नेतासहित नेपाली कांग्रेस र मधेसी मोर्चाका नेताहरुसग छलफलका लागि बालुवाटारमा बोलाएका छन् ।
संविधान संशोधनवारे सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशपछि संशोधन बिद्येयकलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार कंग्रेससहित मोर्चाको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकमा संविधान संशोधन बिद्येयक, निर्वाचन लगायतका बिषयमा कुराकानी हुने छ । संविधान संशोधन बिद्येयक पारित गराउन पहल गर्ने निर्णय गरेको मधेसी मोर्चाले एमालेको समेत समर्थन जुटाउन बैठकमार्फत सत्तारुढ दललाई दवाव दिने जनाएको छ ।
एमालेले संशोधन बिद्येयक फिर्ता लिन आग्रह गरेपनि सत्तारुढ दल र मोर्चाले त्यसलाई पारित गराउन अन्य दलको समर्थन जुटाउने प्रयास थालेका छन् ।
प्रदेश सिमाकंनका लागी प्रदेशसभाको अनुमति लिनुपर्ने संवैधानिक व्यवस्थालाई पालना गर्न सर्वोच्च अदालतले दलहरुको ध्यानाकर्षण गराएपछि मधेसी मोर्चाले भने सो सम्बन्धी धारा नै संशोधन गर्न सत्तारुढ दलहरुलाई दवाव दिने तयारी थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण